काङ्ग्रेस वडा उपसभापति टेक बहादुर साउदको ४५ औ दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा सम्पन्न

काङ्ग्रेस वडा उपसभापति  टेक बहादुर साउदको ४५ औ दिनको पुण्य  तिथिमा श्रद्धाञ्जली सभा सम्पन्न

मेल्लेख गाउपालिका वडा नम्बर ७ नन्देगडामा स्वर्गीय नेपाली काग्रेसका वडा उपसभापति टेक बहादुर साउदको ४५ औ दिनको पुन्य तिथिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । श्रद्धाञ्जली सभाका प्रमुख अतिथि जिल्ला पार्टी सभापति भरत कुमार स्वार रहनु भएको थियो । उहाले साउदको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको बताउनु भयो । उहाको पार्टीमा महत्वपुर्ण योगदान रहेको भन्दै स्मरण गर्नु भयो । वडा सभापति सिद्ध बुढाको अध्यक्ष्तामा भएको कार्यक्रममा बिशिष्ट अतिथि पुर्ब राजदुत बलबहादुर कुवर,अतिथिहरुमा महाधिशेन प्रतिनिधि टक्कर ताम्राकार,जिल्ला कार्यसमिति सदस्य धन बहादुर शाह,राम बहादुर कुवर,पदम खड्का,भुवनेश्वरी शर्मा,शिक्षा बिभागका केन्द्रिय  सदस्य निर्प खड्का,प्रदेश क का सभापति राजेन्द्र कुवर,महिला  संघका नगरसभापति रुपा आउजी रहनु भएको थियो । कार्यक्रमको संचालन गंग बुढाले गर्नु भएको थियो । ३४ बर्षको उमेरमा साउदको निधन भएको हो ।

Leave a Reply