सबै परिक्षा स्थगित गर्न सीसीएमसीकाे सिफारिस

सबै परिक्षा स्थगित गर्न सीसीएमसीकाे सिफारिस

काठमाडौँ: कोरोना भाइरस (कोभिड १९) संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सोमबारदेखिका सुरु हुने सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ।

आइतबार बसेको बैठकले सोमबारदेखि हुने सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेको सीसीएमसीले जानकारी दिएको छ। विश्वविद्यालयल यस अघि नै तय गरेको परिक्षा मितिलाई अहिलेसम्म परिर्वतन वा स्थगित गरेको कुनै सूचना भने प्रकाशित गरेको छैन। सोमबारदेखिका सबै परीक्षा स्थगित गर्ने सीसीएमसीले निर्णय गरे पनि जेठमा हुने एसईई परीक्षाका सम्बन्धमा भने कुनै निर्णय भएको छैन ।

यसअघि मन्त्रिपरिषद बैठकले चालु रहेका परीक्षा नरोक्ने निर्णय गरेको थियो। गत वर्ष पनि त्रिविले तोकिसकेको परिक्षा एकाएक रोकिएका थिए। विद्यार्थीहरु परिक्षाको तयारी गरेर बसेको अवस्थामा फोहोर पनि यसरी नै परिक्षा स्थगित हुँदा तनावमा परेका थिए।

यसपालि पनि सरकारले त्रिविलगायत अन्य केही परिक्षाहरु सञ्चालन गर्ने ठिक पूर्वसन्ध्यामा रोक्न अनुरोध गरेको छ। एउटा शैक्षिक सत्र खेर गइसकेको अवस्था छ। यस्तो बेला सरकारले विद्यार्थीहरुका लागि कुनै पनि विकल्प अगाडि सार्न सकेको छैन।

Leave a Reply