घरघरमा पानीको धारा पुर्याउन तिमिल्सैनमा बृहत खानेपानी ट्यांकीकाे शिलान्यास

घरघरमा पानीको धारा पुर्याउन तिमिल्सैनमा बृहत खानेपानी ट्यांकीकाे शिलान्यास

अछाम :बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर ४ तिमिल्सैनमा बृहत खानेपानी ट्यांकीको शिलान्यास गरिएको छ । एक घर ,एक धारा बनाउने उदेश्यका साथ  बृहत् खानेपानी आयोजनाको ट्यांकी शिलान्यास गरिएको वडा अध्यक्ष कर्ण बहादुर ठकुल्लाले बताए ।

३ महिना पहिले सुदुरपश्चिम् प्रदेशको आर्थिक सहयोग तथा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय राजपुर डोटी मार्फत बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर ४ तिमिल्सैनमा १५ लाख रुपैयाँ लगानीमा डिप बोरिङ गरि स्वच्छ खानेपानी उपलब्ध गराउनको लागी  डिप बोरिङ मार्फत पानी निकालिएको थियो ।

शिलान्यास कार्यक्रममा बोल्दै वडा अध्यक्ष ठकुल्लाले वडाका नागरिक लाई खानेपानीको निकै समस्या रहेको यस ठाउँका नागरिकहरुलाई स्वच्छ खानेपानीको सहज आपुर्तिको लागी चाडैं नै मिटर सिस्टम मार्फत घर घरमा धारा बनाउने लक्ष्यका साथ बृहत खानेपानी ट्यान्किको शिलान्यास गरिएको  बताउनुभयो  ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय राजपुर डोटीको १५ लाख लागतमा  डिप बोरिङ मार्फत पानी निकालिएको थियोे ।

अहिले ३० लाखमा ट्यान्की निर्माण र खानेपानी बिस्तार हुन् लागेको हो । रकम अपुग भएमा थप बजेट वडा सरकारले बिनियोजन गर्ने भएको हो ।

खानेपानीको चरम अभाब झेल्दै आएका यस क्षेत्रका  नागरिकहरुलाई सहज रुपले खानेपानी सेवा उपलब्ध गराउन वडा सरकार निरन्तर लागिरहेको वडा  अध्यक्ष ठकुल्लाले बताए।

 

 

Leave a Reply