बोलन्या_थली_अछामले अक्सिजन उपलब्ध गराउन सक्दो सहयोग  गर्नेछ  : संयोजक भण्डारी

बोलन्या_थली_अछामले अक्सिजन उपलब्ध गराउन सक्दो सहयोग  गर्नेछ  : संयोजक भण्डारी

बोलन्या_थली_अछाम द्वारा जिल्ला अस्पताल  अक्सिजनको सिलिन्डर उपलब्ध

अछाम ।
बोलन्या_थली_अछाम _युनिटले जिल्ला अस्पताल अछामलाई केहि थान अक्सिजनको सिलिन्डर हस्तान्तरण गरेको छ ।

बोल्न्या थलिले संचालन गरेको प्राणका लागि पाँच सय अभियानमा संकलित रकम बाट अक्सिजनको सिलिन्डर खरिद गरिएको थियो ।

बोलन्या_थलीले डडेल्धुरा र डोटी जिल्लामा पनि अक्सिजनको सिलिन्डर बितरण गरेको  छ ।

निरन्तरको प्रयास पछी बोलन्या थली अछाम युनिटले अक्सिजनको सिलिन्डर बितरण गरिएको अछाम बोलन्या_थली अछामका संयोजक सुशील भण्डारीले बताए ।

यो महाविपत्तिमा  बोलन्या_थली_अछाम _युनिटले गर्न सक्ने सहयोगका लागि अछाम युनिट सधैं तयार रहेको  समेत भण्डारीले  बताए । जनताले अक्सिजन नपाएर अकालमै ज्यान नगुमाउनु भन्ने उदेश्यले भोलि मात्रै थप केहि थान अक्सिजन जिल्ला अस्पताल अछामलाई पुनः उपलब्ध गराउने संयोजक भण्डारीले बताए  बोल्न्या थलिले सधैं रचनात्मक कार्यहरु गर्दै आइरहेको छ ।

बिषम अबस्थामा जनताको जिउधन लाई मध्यनजर गर्दै अस्पताललाई  सहयोग गरेकोमा  अस्पताल परिवाले धन्यवाद ब्यक्त गरेको छ ।

Leave a Reply