नेपाल इन्जिनियर्स एशाेसियसन सुदुरपश्चिम द्वारा डडेलधुरा अस्पताललाई अक्सिजन सहयाेग

नेपाल इन्जिनियर्स एशाेसियसन सुदुरपश्चिम द्वारा डडेलधुरा अस्पताललाई अक्सिजन सहयाेग

नेपाल इन्जिनयर्स एशोसियसन सुदुर पश्चिम प्रदेश कार्यकारिणि समिति (NEA FARWEST) द्धारा डडेल्धुरा जिल्ला अस्पतालमा ४२ वटा अक्सिजन सिलिन्डर नेपालगंज बाट फिलिङ गरी हस्तान्तरण गरिएकाे छ ।

काेराेना महामारीकाे विषम परिस्थितिमा डडेलधुरा अस्पतालमा बिरामीहरुका लागि अक्सिजन अभाव भइरहेकाेले केही हदसम्म डडेल्धुरा र सुदुरपश्चिमका विभिन्न ठाउबाट उपचार गर्न अाउने बिरामिका लागि सहयाेग पुगाेस भन्ने हेतुले विभिन्न क्षेत्रमा अावद्ध सुदुरपश्चिम र अन्य ठाउका इन्जिनियरहरुकाे सयहाेगमा संकलित रकमबाट ४२थान अक्सिजन सिलिन्डर नेपालगन्जबाट फिलिङ गरेर अस्पताल व्यबस्थापन समितिलाई हस्तान्तरण गरिएकाे नेपाल ईन्जिनियर्स एशाेसियसन सुदुरपश्चिम प्रदेश कार्यकारिणी समितिका सभापति इन्जिनियर लव प्रसाद जाेशिले बताए ।

काेभिडमा अपनाउनु पर्ने सम्पुर्ण सुरक्षा प्राेटाेकल,नियम पालना गरेर इन्जिनियर प्रतिनिधिहरु ई.प्रकाश भट्ट,ई.वीर बहादुर भाट,ई. सुनिल खड्का, ई. गोविन्द भट्ट उपस्थित भएर अस्पताल व्यबसणथापन समितिका अध्यक्ष करुणाकर अाेझा र मेडिकल सुपरिटेन्ट जगदिशचन्द्र बिष्टलाई हस्तान्तरण गरिएकाे ई.भुवन भट्टले बताए ।

सुदुरपश्चिमका अस्पतालहरुमा अक्सिजन सहयाेग गर्ने नेपाल ईन्जिनियर्स एशाेसियनकाे अभियान अन्तर्गत डडेलधुरामा अक्सिजन सिलिन्डर सहयाेग गरिएकाे र अन्य अस्पतालहरुमा पनि चाडै सहयाेग हस्तान्तरण गरिने नेपाल इन्जिनियरर्स एशाेसियसन सुदुरपश्चिमका अध्यक्ष ई.लव प्रसाद जाेशिले बताए ।
सहयाेग हस्तान्तरण कार्यक्रममा बाेल्दै डडेलधुरा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष करुणाकार अाेझाले महामारीकाे बेला महत्त्वपूर्ण सहयाेगका लागि नेपाल इन्जिनियर्स एशाेसियसन सुदुरपश्चिम प्रदेश कार्यकारिणी समिति र यसमा अावद्ध सम्पुर्ण इन्जिनियरहरुकाे प्रशंसा गर्द‌ै धन्यवाद व्यक्त गरेका छन् ।

Leave a Reply