बाटुलासेनका पुर्व गाविस अध्यक्ष शाहको निधन प्रति वडा अध्यक्ष बटाला द्वारा दुख व्यक्त

बाटुलासेनका पुर्व गाविस अध्यक्ष शाहको निधन प्रति वडा अध्यक्ष बटाला द्वारा दुख व्यक्त

रामारोशन गाउँ पालिका वडा न ४ निवासी तत्कालीन २०५४ सालका निर्वाचित बाटुलासेन गाउँ विकास समिति अध्यक्ष मीन बहादुर शाहको निधन प्रति रामारोशन गाउँ पालिका वडा न .४ का वडा अध्यक्ष केश बहादुर बटाला ले दुख व्यक्त गरेका छन।
आज एक शोक वक्तव्य जारी गर्दै वडा अध्यक्ष बटाला ले पुर्व गाविस अध्यक्ष शाहको निधनले एक सरल, असल, निष्ठावान अभिभावक बाटुलासेन बासिले मात्र नभएर सिङ्गो समाज गुमाएको बताउनु भएको छ।
उहाँको निधनले बाटुलासेनलाई अतुलनीय क्षेति पुगेको समेत बताएका छन । उहाँको शिक्षा आफ्ना लागि सदैब मार्गदर्शक भएको भन्दै वडा अध्यक्ष बटालाले उहाँको आवश्यकता सधैं महशुस भइरहने बताउनु भएको छ । साथै दुखको को यश घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल बाटुलासेन वासि तथा सम्पूर्ण परिवारजनहरमा गहिरो समवेदना प्रकट गरेका छन । यसका साथै उहाको निधनका कारण एक दिन वडा कार्यालय समेत बन्द गरिने वडा अध्यक्ष बटालाले बताउनु भएको छ।

विगत केहि बर्ष यता कैलालीको लम्किमा बस्दै आउनु भएका स्वर्गीय शाहको आज बिहान उपचारको क्रममा ६० बर्षको उमेरमा करुणा अस्पताल काठमाडौं निधन भएको स्थानीय पुष्प बिष्टले बताउनु भएको छ।

Leave a Reply