राधी विद्युतले जारी गर्याे बोनसपछि बप्पर हकप्रद

राधी विद्युतले जारी गर्याे बोनसपछि बप्पर हकप्रद

काठमाडौं : ३६.५०% बोनस सेयर दिने घाेषणा गरेकाे राधी विद्युत कम्पनीले १४७.५२% हकप्रद सेयर जारी गर्ने घोषणा गरेको छ ।

कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले ३६.५०% बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीमा १४७.५२% हकप्रद सेयर बिक्री गर्ने निर्णय गरेको हो ।

यसअघि कम्पनीले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट कर बाहेक ३६.५०% बोनस सेयर वितरण गर्ने घोषणा गरिसकेको छ । प्रस्तावित बोनस सेयर वितरण भएमा चुक्ता पुँजी ६४ करोड ६४ लाख ४ हजार ६२२ रुपैयाँ पुग्नेछ । राधीले सोही पुँजीमा १४७.५२% (१ः१४७५२ अनुपातमा) हकप्रद बिक्री गर्ने निर्णय गरेको हो ।

राधी विद्युत कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ६ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको भन्दा ९.१८% ले बढी हो ।

Leave a Reply