आस्था नेपालद्धारा खाद्यन्न सामाग्रि वितरण

आस्था नेपालद्धारा खाद्यन्न सामाग्रि वितरण

अछाम।

साँफेबगर नगरपालिका वडा नम्बर ४ र मेल्लेख गाउँपालिका वडा नम्बर ८ हात्तिकोटमा राहत स्वरुप खाद्यन्न सामाग्रि वितरण गरिएको छ।

आस्था नेपालको आयोजना वल्र्डभिजन ईन्टरनेश्नलको साझेदारी र साँफेबगर नगरपालिका वडा नम्बर ४ र मेल्लेख गाउँपालिका संगको समन्वयमा सञ्चालित कोभिड प्रतिकार्य परियोजना अन्तरगत साँफेबगर नगरपालिका वडा नम्बर ४ मष्टामाण्डौका ३० जना रमेल्लेख गाउँपालिका वडा नम्बर ८ हात्तिकोटका ३० जना गरी ६० जनालाई राहत वितरण गरिएको छ।

प्रतिव्यक्ति ३० केजी चामल, ३ केजी दाल, २ केजी चिनी, २ लिटर तेल, ४ पिस साबुन, २ पोका नून गरी प्रतिव्यक्ति ३ हजार १ सय १६ रुपैयाँका बराबरको खाद्यन्न सामाग्रि वितरण गरिएको जनाईएको छ। मष्टामाण्डौ र हात्तिकोट गरी कुल जम्मा १ लाख ८६ हजार ९ सय ६० रुपैया बराबरको खाद्यन्न सामाग्रि सहयोग गरिएको छ।

राहत वितरण पछि बोल्दै साँफेबगर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता बालगिरी कुँवरले आस्था नेपाल र वल्र्ड भिजन ईन्टरनेश्नल नेपालले समुदाय स्तरमा रहेका विपन्न परिवार तथा दर्ता गरिएका बालबालिकालाई सहयोग गर्दा जहिले पनि स्थानीय सरकारसंग समन्वय तथा सिफारिस गरेर मात्र काम गर्ने पक्ष राम्रो रहेको बताउनु भएको छ।

उहाँले आस्था नेपालले विगतका दिनहरुमा पनि समुदायका अति जोखिममा रहेका बालबालिका तथा तिनका परिवालाई विभिन्न खालका सहयोग गरेकोमा धन्यवाद व्यक्ति गर्नु भएको छ। यस्तै आसार १९ गते शनिबार मेल्लेख गाउँपालिकाका तीनवटा वडामा पनि राहत स्वरुप खाद्यन्न वितरण गरिने जनाईएको छ। गाउँपालिकाको वडा नम्बर ५ विन्देवासिनीका ३१ जना, वडा नम्बर ६ षोडसाका ३० जना, र वडा नम्बर ७ नन्देगडाका ३० जनालाई प्रतिव्यक्ति ३ हजार १ सय १६ रुपैयाँका दरले २ लाख ८३ हजार ५ सय ५६ बराबरको खाद्यन्न सामाग्रि वितरण गरिने आस्था नेपालका भ्वान सिंह सार्कीले जानकारी दिनु भयो। राहत वितरणमा मेल्लेख गाउँपालिका वडा नम्बर ८ हात्तिकोटका वडा अध्यक्ष खकेन्द्र बहादुर साउँद, आस्था नेपालका कार्यक्रम प्रबन्धक रुपक चन्द, लेखा अधिकृत किरण शर्मा लगायतको उपस्थिति रहेको थियो।

Leave a Reply