अछाममा झुलङ्गोमा बोकेर सुत्केरी गराउन लगिदै

अछाममा झुलङ्गोमा बोकेर सुत्केरी गराउन लगिदै

अछाम :अछामको मेल्लेख गाउँपालीका ३ ठाटीमा बर्थिङ सेन्टर भएपनि स्वास्थकर्मी र आवश्यक मात्रामा प्रयाप्त सामाग्री नहुँदा गर्भवती महिलाको ज्यान जोखिममा राखेर १ घण्टा बोकेर स्वास्थ्य सस्था लिनुपर्ने बाध्यता रहेको छ।

शुक्रबार दिउँसो मेल्लेख गाउँपालीका ३ ठाटी दर्बाकी सबिता बुढालाई सुत्केरी ब्याथा लागेपछि दर्बामै रहेको
बर्थिङ सेन्टर लिएपनि त्यहाँ सुत्केरी गराउन सम्भव नभएपछि १ घण्टा हिडेर झुलङ्गोमा वडा नं ३ कै बगुडामा सुत्केरी गराईएको छ।

४ महिना अगाडि नै मात्रै उद्घाटन गरिएको बर्थिङ सेन्टरमा स्वास्थ्यकर्मीले आवश्यक सामाग्री नहुदा सुत्केरी गराउन नसक्ने बताएको उनका ससुरा नाता पर्ने कुसल बुढाले बताए ।

सुत्केरी ब्याथाले च्यापेकी आफ्नी श्रिमतीलाई स्ट्रचर समेत नहुदा झुलङ्गो बनाई बगुडा उप स्वास्थ चौकी ल्यानुपरेको उनका श्रिमान जगत बुढाले बताए ।

अछामको बिकट मानिएको मेल्लेखको ठाटि दर्बामा सडक सञ्जालले जोडिएपनि बर्षाले सडक अबरुद्ध हुदा सुत्केरी ब्यथा लागेकी महिलालाई झुलङ्गो बनाई बगुडामा सुत्केरी गराउन ल्याईएको हो ।

यता मेल्लेख गाउँपालीका अध्यक्ष लोक बहादुर बोहराले भने बर्थिङ सेन्टरमा आवश्यक सम्पूर्ण सामाग्री भएको दाबी गरेका छन् ।

बिरामी बोक्ने स्ट्रेचर केहि दिन अघि भाचीएको जानकारी पाएको र हिजो सट्रेचर पठाईसकेको बताए ।त्यस क्षेत्रबाट पहिल्यै देखि नै अनमि नयाँ भएका कारण सुत्केरी गराउन केहि असहज भएको गुनासो आउने गरेको बताए ।                     Nirakarankhabar.com बाट साभार

Leave a Reply