बीपी अध्ययन युवा सर्कल अछामको अध्यक्षमा देवकोटा

बीपी अध्ययन युवा सर्कल अछामको अध्यक्षमा देवकोटा

अछाम  । जन नायक बीपी कोइरालाको जीवन संघर्ष, साहित्य, दर्शन र उहाँका विभिन्न पुस्तकको अध्ययन, विचार विमर्श तथा राजनिती र सहित्यको सम्बन्ध एवं समुचित विवेचना मार्फत क्षमता अभिवृद्धि गर्ने उदेश्यका साथ स्थापना भएको बीपी स्टडी युथ सर्कलको अछाम जिल्ला अध्यक्षमा गोबिन्द देवकोटा चयन भएका छन । बीपी स्टडी युथ सर्कलका केन्द्रिय अध्यक्ष ईन्जिनियर ऋषि कोईरालाले
आज एक बिज्ञप्ति निलाल्दै  अछामको अध्यक्षमा रामारोशन गाँउपालिका निवासी गोबिन्द देवकोटालाई जिम्मेवारी दिएको छ बताएका हुन् ।

बीपी कोइरालाले परिकल्पना गर्नुभएको सामाजवाद को व्याख्या, आजको आवस्यकता र उहाँका प्रकाशित पुस्तक अध्ययन मार्फत आजको युवा जमातलाइ थप ससक्त, बौद्धिकरुपमा परिस्कृत र लेख- रचना र सिर्जना मार्फत साहित्य संगको साक्षात्कार गर्ने काम अब बीपी स्टडी युथ सर्कल अछामले गर्ने देवकोटाले बताए ।

Leave a Reply