सुदुर पश्चिमका मुख्यमन्त्री भट्टलाई रामारोशन गा•पा को सर्वदलीय टोलिले बुझायो ज्ञापन पत्र
सुदुर पश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टलाई रामारोशन क्षेत्रको समग्र विकासका लागि रामारोशन गाउँ पालिका अछामको सर्वदलीय टोलिले मुख्य मन्त्री भट्टको कार्यालय मै पुगेर ज्ञापनपत्र बुझाएको छ । गत बर्ष साउन १३ गते र भाद्र २ गते बाढी पहिरो ले ठुलो क्षेति पुगेको रामारोशन क्षेत्रको पुन निर्माण र पिडित परिवार लाई उचित राहतको व्यवस्था गर्ने , सुदुर पश्चिम प्रदेश सरकार र रामारोशन गाउँ पालिकाको संयुक्त लगानीमा सन्चालित बहु बर्षिय समपुरक योजना हरु मा यो बर्ष बजेट कम छुट्याइएको र यसलाई आवश्यक अनुसारको थप बजेट बिनियोजन गर्ने , रामारोशन क्षेत्र को पर्यटन विकास लाई उच्च प्राथमिकतामा राख्न र रामारोशन गाउँ पालिकामा बजेट अभावका कारण अन्य थुप्रै आधारभूत आवश्यकता पुरा गर्न निकै कठिनाइ भएका ले गाउँ पालिका लाई थप बजेट को व्यवस्था मिलाउन लगायतका माग राखि ज्ञापनपत्र बुझाएको हो । यसका साथै बाढीले निर्माणधिन जयगड रामारशनको मुख्य सडक खण्डमा पनि क्षेति पुगेको र यश सडकको काम पनि तिब्र रुपमा अगाडि बढाउन माग गरिएको छ। रामारोशन गाउँ पालिका उपाध्यक्ष सरस्वती रावलको नेतृत्वमा गएको सर्वदलीय टोलि मा नेकपा एमालेको तर्फबाट मान बहादुर गिरी नेपाली कांग्रेस बाट पुष्प बिष्ट नेकपा माओवादी केन्द्र को तर्फबाट खडक रोकाया वडा न २ का वडा अध्यक्ष चक्र बहादुर रावल ३ का वडा अध्यक्ष तारा साउद वडा न ४ का वडा अध्यक्ष केश बहादुर बटाला वडा न ५ का वडा अध्यक्ष लक्ष्मण परिवार वडा न.७ का वडा अध्यक्ष खडक भण्डारी रामारोशन गाउँ कार्यपालिका सदस्य हरि परिवार ,अमर लुहार ,गाउँ सभा सदस्य सुर्य न्यौपाने लगायतको उपस्थितिमा ज्ञापनपत्र बुझाएको रामारोशन गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले बताउनु भएको छ। ज्ञापनपत्र बुझ्दै मुख्य मन्त्री भट्टले रामारोशनको क्षेत्रमा आफू स्वयम उपस्थिति भएर त्यहाँको सबै वस्तु स्थिति अवगतै भएको र त्यहाँको बिकास र समृद्धि का लागि आफू लागिरहेको बताउनु भएको छ । यश अघि केन्द्र सरकारले सुदुर पश्चिम को विकास का लागि खासै चासो नदेखाएको कारणले पनि रामारोशन लगायतका क्षेत्रका लागि सोचे जति काम गर्न नसकेको र अब यस बिषयमा केन्द्र सरकार संग पनि विशेष पहल गर्ने बचन मुख्य मन्त्री भट्टले दिनु भएको भेटमा सहभागी कांग्रेस नेता पुष्प बिष्टले जानकारी दिनु भएको छ।