बिरामी महिलाको उपचारार्थ मालिका बचतको तर्फबाट सहयोग
काठमाडौं । मालिका बचत तथा ऋण सहकारी संस्था काठमाडौंले बिरामी महिलाको उपचारार्थ सहयोग गरेको छ । बर्दिया जिल्लाका नेपाल दलित संघका नेता भीमलाल विश्वकर्माकी श्रीमतीको उपचारार्थ सहकारीको तर्फबाट २१ हजार रुपैयाँ सहयोग गरिएको हो ।
सहकारीका अध्यक्ष जनक धामीले आइतबार उक्त रकम हस्तान्तरण गरेका हुन् । सामाजिक उत्तरदायित्व बहन गर्दै सहकारीको तर्फबाट सहयोग हस्तान्तरण गरिएको धामीले जानकारी दिए ।
‘बिरामी विश्वकर्माको उपचारमा थोरै भएपनि राहत पुर्याउने उद्देश्यले सहयोग गरेका हौं,’ धामीले भने । मालिका बचत तथा ऋण सहकारी संस्था काठमाडौंले लकडाउनको समयमा समस्यामा परेका हरुलाइ खाद्यान्न बितरण गर्नुकासाथै विभिन्न किसिमका रचनात्मक कार्यहरू गर्दै आइरहेको छ ।