बाढीले रामारोशन क्षतविक्षत भएको एक बर्ष बित्दापनि पिडित ले राहत पाउन सकेनन :काङ्ग्रेस सचिव बि.क

बाढीले रामारोशन क्षतविक्षत भएको एक बर्ष बित्दापनि पिडित ले राहत पाउन सकेनन :काङ्ग्रेस सचिव बि.क

अछाम :रामारोशन गाउँपालिकामामा कैलाश खोलाले क्षतविक्षत गरेको आज एक बर्ष पुगेको छ।

यस क्षेत्रमा बाढिपहिरोका कारण १७ जनाले ज्यान गुमाउनुका साथै कैयौ रोपनी खेतियोग्य जमिन र कैलाश खोला आसपासका खेतहरु बगाएर बगरमा परिणत भएका थिए भने बाढीले भौतिक पुर्बाधार, बिधुत ,सडक ,घर,गोरेटो बाटो लगायत थुप्रै पुर्बाधार हरु ध्वस्त बनाएको थियो। रामारोशन को पर्यटकीय क्षेत्र रोला खालाकोराना भिण हुदै सोड्ना आणेखाद बग्साइ बन्ड रोयला रबा हुँदै स्थानीय शैनीबजार पुर्णरुपमा बगाएको थियो ।

जनता लाई दैनिक आवत जावत गर्ने  झुलुङ्गे पुल ३०देखि ३५ घट्ट ५० जति छाना टहरा (खरक छाना) १८ वटा घर पुर्ण रुपमा क्षेती भएका थिए ।

रामारोशनका जनतालाई दैनिक आवत जावत गर्ने गोरेटो बाटोहरु पनि  क्षतबिक्षत भएर मानिस लाई सामान्य हिड्डुल गर्न समेत अफ्ट्यारो भएको थियो ।

बाढिले  मानबिय र भौतिक रूपमा  क्षती गरेपछि  सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र गृहमन्त्री राम बहादुर थापाले बाढी पिडित लाई उचित राहत का साथै  प्रभावित क्षेत्रका लागि आवश्यक बजेट को ब्यवस्थापन गर्ने  आश्वासन दिएका थिए । तर बिडम्बना आज एक बर्ष बितिसक्दा पनि पिडित का समस्या जस्ताका तेस्तै छन् ।

सडक मिडिया संग कुरा गर्दै नेपाली काङ्ग्रेस रामारोशन गाउँकार्यसमिति सचीव एवं युवा नेता पुर्ण बहादुर बि •क ले भने,  यस क्षेत्रका भौतिक संरचना सडक बिधुत गोरेटो बाटो लगाएतका पुर्बाधारहरु निर्माण भैसक्नु त, के पुन निर्माणको कार्य  समेत सुरु भएको छैन। जोखिम पुर्ण बस्ती को बस्ती ब्यवस्थापन गर्ने ,विभिन्न राहत को ब्यवस्था गर्ने ,लघु जलविद्युत सडक गोरेटो बाटो को तत्काल ब्यवस्था गर्ने मन्त्री को टोलिले आश्वासन दिएका थिए । तर अहिले सम्म पनि सरकार को तर्फवाट कुनै एक चिम्टी राहत उपलब्ध भएको छैन ।

जिल्ला भित्र वा जिल्ला बाहिर का कृयाशिल गैरसरकारी संघ सस्था केही राजनीतिक दल सामाजिक अभियान्ताले केही राहतको ब्यवस्था गरे पनि तत्कालीन सरकारी निकाय बाट अहिले सम्म कुनै पनि राहत को ब्यवस्था र पहल समेत गरेको छैन।

एक बर्ष सम्म नागरिकलाई कुनै राहत को ब्यवस्था नगर्नु जनता प्रती अनउत्तरदायी र गैरजिम्मेवार भएको सचिव बि.क बताउछ्न ।

एक बर्ष बितिसक्दा पनि दुई तिहाइको कम्युनिस्ट सरकारले रामारोशन क्षेत्रका बाडिपिडित लाई कुनै राहतको ब्यवस्था नभएको स्मरण गर्दै अब यो सरकारले रामारोशन बासिका लागि बिशेश राहत को प्याकेज ल्याउनु पर्ने र भत्किएका संरचना अब तत्काल पुन निर्माण कार्य सुरु हुनु पर्ने बताए ।

साथै ढिलै भएपनी जनता को जनजीवन लाई सामान्य अवस्था मा बदल्न सरकार लाग्नु पर्ने सचिव बिक को भनाइ छ ।

 

Leave a Reply