स्वर्गीय वडा अध्यक्ष बाेहराकाे स्मृतिमा रामबहादुर बोहरा स्मृति क्लब गठन

स्वर्गीय वडा अध्यक्ष बाेहराकाे स्मृतिमा रामबहादुर बोहरा स्मृति क्लब गठन

अछाम :मेल्लेख गाउँपालिका वडा नम्बर ५ का दिवंगत वडा अध्यक्ष रामवहादुर बाेराकाे स्मृतिमा स्मृति प्रतिक्षालय निर्माण गरिनेभएकाे छ ।

मेल्लेख गाउपालिका वडा नम्बर ५ विन्देवासिनीका वडा अध्यक्ष रहेका स्वर्गीय वाेहराकाे स्मृतिमा मेल्लेख वजारमा प्रतिक्षालय निर्माणकाे लागि बुधबार  छलफल र समिति गठन गरिएकाे छ ।

साे समितिले प्रतिक्षालय निर्माण काे आवश्यक काम थालनि गर्ने जनाएको छ। दिवंगत वडा अध्यक्ष वाेहराकाे वडिमालिमा दर्शन गर्न जानेवलाेमा बडिमालिका क्षेत्रमा लेक लागेर मृत्यु भएकाे थियाे ।

मेल्लेख गाउपालिकामा बुधबार  बिरवहादुर वाेहराकाे अध्यक्षतामा भएकाे छलफलमा कांग्रेस अछामका काेषाध्यक्ष झंकर साउद, मेल्लेख गापा उपाध्यक्ष धनबहादुर शाही, नेपाली कांग्रेस मेल्लेख  गापा संयाेजक पदम खड्का, नेपाली कांग्रेस मेल्लेख गाउकार्य समितिका सबै वडा सभापति लगाएतकाे उपस्थित रहेकाे थियाे ।  छलफलले राम बोहरा स्मृति क्लब गठन समेत गरेकाे छ ।

जसकाे अध्यक्ष सागर वाेहरा, उपाध्यक्ष खेमराज साउद सचिव गाेकुल वाेहरा काेषाध्यक्षमा हेमराज रावललाई चयन गरेकाे छ । छलफलकाे सञ्चालन गाैतम साउदले गरेका थिए ।

 

 

 

 

Leave a Reply