रुपान्तरण कक्षा स्थानीय सरकारलाई हस्तान्तरण कार्यक्रम सप्पन्न ।

रुपान्तरण कक्षा स्थानीय सरकारलाई हस्तान्तरण कार्यक्रम सप्पन्न ।

 

आस्था नेपाल र वर्ल्ड भिजनको साझेदारिमा संचालित बाल संरक्षण र बाल स्पोन्सर सीप परियोजना अन्तरगत पन्चदेवल बिनायक नगरपालिकाका तीन वटा वडा कुइका,तोलि र पुल्लेतोला र कमलबजर नगरपालिकाका चार वटा वडा बजुडा,बयाला,चाल्सा र र्कुइका गरि जम्मा ७ वटा रुपान्तरण कक्षाका २१० जना सहभागी र १४ जना साथी शिक्षकको धन्यवाद ज्ञापन तथा बिदाइ गरिनुका साथै स्थानीय सरकारको समन्वय र सहकार्यमा छ्नोट गरिएका किशोर किशोरी र साथी शिक्षकहरुलाई जीवन उपयोगी ज्ञान , सीप सम्बन्धी क्षमता अभिबृदि गराइ तथा रुपान्तरण कक्षामा सहयोग गरिएका केही सिकाइ सम्बन्धि बचेका आवस्यक सामग्री सहित स्थानीय सरकारलाइ एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ ।
जीवन उपयोगी सीप सम्बन्धि रुपान्तरणका १५ वटा खण्डहरु अन्तर्गत मेरो संसार,आत्मजागरण ,अधिकार र कार्तब्य ,सामाजिक समाबेशीकरण,किशोरावस्था ,राम्रो बानी,पोषण ,प्राथमिक उपचार , नागरिक सहभागीता,खर्च र बचत ,जिबिको पार्जनका बिकल्प,यौन तथा प्रजनन स्वास्थ्य र लैङ्गिकतामा आधारित हिसा गरि १३ वटा खण्डको बारेमा सहभागी किशोर किशोरीहरुलाई रुपान्तरण प्याकेजमा जीवन उपयोगी सीप सम्बन्धि जीवन पर्यत्न ज्ञान ,शीपहरु किशोर किशोरीहरुले सिकेका छ्न। बिगत छ महिना देखि समुदायमा संचालित हुँदै आएका रुपान्तरण कक्षाहरु प्रत्येक वडामा एक कार्यक्रमका बिच सम्पन्न गरिएका छ्न । रुपान्तरण कक्षाले समुदायका किशोर किशोरीहरुको ब्याबहारमा सकारात्मक परिवर्तन ल्याएको छ । जुन १३ वटा खण्डमा सिकेका सिपहरुलाइ आफुमा कार्यन्वयन गरि घर परिवार र समुदायमा सहित परिबर्तन भैरहेको सरोकारवाला निकायहरुको भनाइ रहेको छ ।रुपान्तरण कक्षाका सहभागिहरुको ब्याबहारिक ज्ञान, सीप बाट प्रभावित भै आगामी दिनमा वडा कार्यलयबाट बजेट बिनियोजित गरि रुपान्तरण कक्षा संचालन गर्ने वडा न ४ चाल्साका अध्यक्ष ललित ढोलिले प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

प्रत्येक वडाका सरोकारवाला निकायहरुले आस्था नेपालले समुदायमा संचालन गरेको रुपान्तरण कक्षाले किशोर किशोरीहरुको जीवन रुपान्तरण, बाल समृद्धि र बालबालिकाको क्षमता अभिबृदिमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेकोले आगामी दिनहरुमा पनि यो रुपान्तरण कक्षा समुदायमा संचालन गर्न हुन अनुरोध गर्दै हार्दिक धन्यवाद व्यक्त गर्नु भएको छ ।उक्त बिदाइ, धन्यवाद तथा हस्तान्तरण कार्यक्रममा प्रत्येक वडामा वडाका वडा अध्यक्ष ,जनप्रतिनिधि ,शिक्षक,स्वास्थ सस्थाका प्रमुख तथा प्रतिनिधि ,समाजसेवी ,बुद्धिजीवी ,अभिभावक तथा आस्था नेपालका कर्मचारीको उपस्थिति रहेको थियो ।

“किशोर किशोरी भए,दक्ष देशको बन्छ भबिस्य” भन्ने मूल नाराका साथ समुदायमा जीवन उपयोगी सीप सम्बन्धि रुपान्तरण कक्षाहरु संचालन गरि जीवन प्रयत्न रुपमा ज्ञान ,शीप सिकेर किशोर किशोरी हरुको शारीरिक ,मानसिक तथा ब्याबहारिक रुपमा परिवर्तन ल्याइ समाज रुपान्तरणमा महत्त्वपूर्ण सहयोग हुने उदेश्यले रुपान्तरण कक्षाहरू संचालन गरिएको हो भन्दै आस्था नेपालका फिल्ड अधिकृत कुलबहादुर रावतले जानकारी गराउनु भएको छ ।

Leave a Reply