कमलबजार नगरपालिका करार कर्मचारी हकहित संरक्षण तदर्थ समितिको अध्यक्षमा ढकाल चयन

कमलबजार नगरपालिका करार कर्मचारी हकहित संरक्षण तदर्थ समितिको अध्यक्षमा ढकाल चयन

कमलबजार, भाद्र ९ : कमलबजार नगरपालिकामा कार्यरत करार,तथा ज्यालादारी कर्मचारीको हक हित संरक्षण तदर्थ समिति गठन भएको छ । कमलबजार नगरपालिकाको कार्यालय  अछाममा कार्यरत करार,तथा ज्यालादारी कर्मचारीको हक हित संरक्षणको लागि उक्त समिती गठन गरिएको नवनिर्वाचित अध्यक्ष भानुभक्त ढकाल जानकारी दिनुभएको छ ।
करार,तथा ज्यालादारी कर्मचारीको हक हित संरक्षण केन्द्रीय समितिका सदस्य पवित्रा भण्डारीको अध्यक्षतामा बसेको आम भेला बाट भानुभक्त ढकाल अध्यक्षमा चयन हुनु भएको छ ।
त्यस्तै उपाध्यक्षमा दुर्गा सिजापती बिष्ट , सचिवमा हिक्मत बहादुर नेपाली , कोषाध्यक्षमा पुष्पा सापकोटा , सहसचिवमा डबल बहादुर बिक सहित १३ सदस्यीय तदर्थ समिति गठन भएको नवनिर्वाचित अध्यक्ष ढकालले जानकारी दिनुभयो ।
त्यसैगरी विर्ख बहादुर बिष्टको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति गठन भएको छ ।
उक्त समितिले आजै सुदुरपश्ची प्रदेशमा हुने भेलाको लागि ४ जना प्रतिनिधि छनौट गरेको छ । मिति २०७८(०५(११ गते डडेलधुरामा हुने भेलामा सहभागिताको लागि उक्त समितीका अध्यक्ष भानुभक्त ढकाल, सचीव हिक्मत बहादुर नेपाली, सदस्य हरु जगत बहादुर चलाउने र नम बहादुर शाहलाई छनौट गरि प्रतिनिधि पठाउने निर्णय गरेको जानकारी गराउनु भएको छ ।
त्यस्तै कार्यक्रममा बोल्दै तदर्थ समितिका अध्यक्ष भानुभक्त ढकालले करार तथा ज्यालादारी कर्मचारीहरुको हकहितको लागि  सधै सम्बन्धित निकायमा आवाज उठाउने र हकहितको लागि लडिरहने बताउनुभयो ।

Leave a Reply