नेपाल महिला संघ अछामको बैठक सम्पन्न

नेपाल महिला संघ अछामको बैठक सम्पन्न

अछाम :नेपाल महिला संघ जिल्ला कार्य समिति अछामको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

जिल्ला कार्यसमिति अछामका अध्यक्ष अनुराधा स्वारको सभापतित्वमा भएकोमा बैठकले अछामका दुबै क्षेत्र र १० वटै स्थानीय तहहरुमा संघको बैठक बसाइ आसन्न पार्टीको जिल्ला अधिबेशन लाई सफल पार्न महिला संघको ब्यापक उपस्तिथि गराउने निर्णय गरिएको महिला संघ अछामका अध्यक्ष स्वारले बताउनु भयो ।

स्वारले पार्टीभित्र महिलामाथि गरिने राजनीतिक विभेदको अन्त्य गर्न आसन्न पार्टीको अधिबेशनमा वडा स्तर देखि जिल्ला सम्म महिला संघ नेतृत्व लिने बताउनुभयो ।

कार्यक्रममा महिला संघका नेता रुपा आउजी,सरस्वती नेपाली लगायतको उपस्तिथि रहेकोे बैठकको संचालन सचिव पुर्णा शाहले गर्नुभएको थियो ।

 

Leave a Reply