मंगलसेन न •पा वडा नम्बर १२ मा १ दर्जन बढी एमाले कार्यकर्ता काङ्ग्रेसमा प्रवेश

मंगलसेन न •पा वडा नम्बर १२ मा १ दर्जन बढी एमाले कार्यकर्ता काङ्ग्रेसमा प्रवेश

नेपाली काङ्ग्रेस मंगलसेन नगरपालिका १२ वडा कार्यसमिति बान्नातोलिमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।

वडा कार्यसमिति सभापति दान बहादुर शाहीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस अछामका पार्टी सचिव नमबहादुर शाही रहनुभएको थियो ।

कार्यक्रममा नेकपा एमाले पार्टी परित्याग गरि एमाले नेता कर्ण सिंह जनाला ,दिनेश गिरि,गणेश जनाला ,मन शाही लगायत १५ जना नेताकार्यकर्ता हरु काङ्ग्रेसमा प्रवेश गरेका हुन । नेकपा एमाले पार्टी बिभाजित भए संगै एमाले छोडेर काङ्ग्रेसमा प्रवेश गर्ने हरुको पछिल्लो समय लर्को लागेको छ ।

नवप्रवेशीहरुलाइ पार्टीमा स्वागत गर्दै प्रमुख अतिथि शाहीले नवप्रवेशी नेता कार्यकर्तालाई नेपाली काङ्ग्रेस भित्र कहिलैपनी अन्यायमा पर्न नदिने र उनिहरुको राजनीतिक जिवनको उचित मुल्यांकन गर्दै उपयुक्त जिम्मेवारी प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

उक्त कार्यक्रममा विशिष्ट अतिथि नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २ प्रदेश ख का सभापति पुर्ण बहादुर रावल रहनु भएको थियो । कार्यक्रममा वडा अध्यक्ष प्रेमबहादुर रावल ,तरुण दल अछामका उपाध्यक्ष जङी जनार्दन बिष्ट ,वडा सदस्य प्रमोद सोप,महिला संघ सारदा रावल ,दलित संघका गणेश मिजार,नेबिसंघका शिद्द भाट लगायत नेताकार्यकर्ता उपस्तिथि रहेको थियो ।

 

Leave a Reply