नेपाली काँग्रेसको क्षेत्रिय कार्यसमिती क्षेत्र नं. २ को बैठक कमलबजारमा सम्पन्न

नेपाली काँग्रेसको क्षेत्रिय कार्यसमिती क्षेत्र नं. २ को बैठक कमलबजारमा सम्पन्न

नेपाली काँग्रेसको आसन्न १४ औं महाधिबेशनको पूर्व तयारीका लागी क्षेत्रिय कार्यसमिती क्षेत्र नं. २ को बैठक कमलबजारमा सम्पन्न भएको छ ।

क्षेत्रिय कार्यसमिती सभापति लक्ष्मण बहादुुर शाहको सभापतित्वमा भएको बैठकले बिभिन्न महत्वपूर्ण निर्णय गरेको छ ।

क्षेत्र नं. २ का अधिकाँस नेता कार्यकर्ताको सहभागितामा सम्पन्न बैठकले सबै तहका नेता कार्यकर्ता एकताबद्ध भएर कार्यसमिती निमार्ण गर्ने निर्णय गरेको हो ।

वडा देखी क्षेत्र तह सम्म सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न पार्टीका शिर्ष नेता अछामका पूर्व पार्टी शभापती पुष्प बहादुुर शाह, माननिय राम बहादुुर बिष्ट र महासमिती सदस्य देबराज देबकोटा लगायतका नेता लाई जिम्मेवारी दिईएको क्षेत्रिय कार्य समिती सचिब टंक बहादुुर धामीले जानकारी दिनुु भयो ।

बैठकले १४ महाधिबेसन सफल पार्न टंक बहादुुर धामीको संयोजकत्वमा  प्रचार—प्रसार समीती र रविन्द्र बहादुुर शाहीको संयोजकत्वमा १८ सदस्यिय ब्यवस्थापन समीती समेत गठन गरेको छ ।

बैठकमा बोल्ने अधिकाँस नेताहरुले सकेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन गर्नु पर्नेमा जोड दिएका छन् ।

बाँकी केही महत्वपूर्ण निर्णय हरु क्षेत्रिय कार्य समितीका पदाधिकारीको सहभागितामा लगत्तै गरीने पनि सचिब धामीले जानकारी दिनुु भएको छ ।

नेपाली काँग्रेसको आसन्न १४ औं महाधिबेशनको पूर्व तयारी बैठकमा नेपाली काँग्रेसका बिभिन्न तहका नेता कार्यकर्ता, नेपाल विद्यार्थी  संघ, शिक्षक संघ, किसान संघ, दलित संघ, महिला संघ, तरुण दल, प्रेस युुनियनका नेता कार्यकर्ता लगायत अन्य शुभेच्छुकहरुको पनि उल्लेख्य रुपमा सहभागिता रहेको थियो ।

Leave a Reply