अछाममा मोटरसाइकल र जिप एक आपसमा ठोक्किँदा २ जना घाइते

अछाममा मोटरसाइकल र जिप एक आपसमा ठोक्किँदा २ जना घाइते

अछाममा मोटरसाइकल र जिप ठोक्किँदा २ जना घाइते भएका छन् ।

मध्य पहाडी लोक मार्गमा पर्ने ठुलासैन बजार नजिकै बुधवार बिहान जिप र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार २ जना घाइते भएका हुन् ।

मंगलसैनवाट कमलबजार जाँदै गरेको से १ ज ७८४ को जिप र विपरीत दिशाबाट आइरहेको भे ८ प २६०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार कमलबजार नगरपालिका वडा नम्बर ६ का २४ वर्षीय उमेश शाही दायाँ खुट्टामा चोट लागेको ,र सोही ठाउँका २७ वर्षका वीरेन्द्र शाहीको दुवै खुट्टामा चोट लागेको छ ।

घाइते दुवै जनाको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ ।

मोटरसाइकल जिप र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक जनक बहादुर बोहराले जानकारी दिनुभयो ।

Leave a Reply