अछाममा जिल्ला अस्पतालको टिमले फो’ड्यो मट्का

अछाममा जिल्ला अस्पतालको टिमले फो’ड्यो मट्का

नमराज भण्डारी, अछाम । श्री कृष्ण जन्माष्टमीको अवसरमा मंगलसैनमा मेला सम्पन्न भएको छ । हाम्रो मंगलसेन क्लवले आयोजना गरेको मेला २ दिन सम्म चलेको थियो । मंगलबार  देखि सुरु भएको मेला बुधबार  सकिएको हो ।

क्लवले जन्माष्टमीको अवसरमा मनोरञ्जनात्मक मट्का फो’ड्ने कार्यक्रमको आयोजना गरेको थियो । उक्त मट्का फो’ड्ने कार्यक्रममा बिभिन्न ६ टिमको सहभागीता रहेको थियो ।

टिमले आ आफ्नो समुह बनाई करिब ४० फिट् माथि झुण्डाईएको मट्का फु’टाउनु पर्ने नियम राखिएको थियो । गोलबन्द गेरा पारी काँधमा चडेर उक्त मट्का फो’ड्नुपर्ने नियम राखिएको थियो ।

अस्ति पहिलो दिन कुनै पनि टिमले मट्का फुटाउन सकेनन् । मंगलबार मट्का फो’ड्न नसकेपछि उक्त कार्यक्रम बुधबार  पनि जारी राखिएको थियो । बुधबार  जिल्ला अस्पताल अछामको टिमले मट्का फो’डेको छ ।

अथय प्रयास र मेहनत पछि टिमले मट्का फोडेसंगै जिल्ला अस्पताल अछामको टिम बिजेता बनेको छ । टिमले नगद पुरुस्कार समेत हात पारेको छ ।

Leave a Reply