नेपाली सेनामा भर्ना खुल्याे

नेपाली सेनामा भर्ना खुल्याे

नेपाली सेनाले चार हजार जना सैन्यका लागि जागिर खुलाएको छ। नेपाली सेनाकाे भर्ना छनाेट निर्देशनालय, कार्यरथि विभाग जंगी अड्डाले शुक्रबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै नेपाली सेनाले चार हजार जना सैन्यका लागि दरखास्त आह्वान गरेको हो।

जसअन्तर्गत खुलातर्फ २०९६, कर्तव्य पालनाको शिलशिलामा अशक्त/मृत्यु भएका नेपाली सेनाका सन्तति १०८, महिला ३६०, आदिवासी/जनजाति ५७३, मधेसी ५०५, दलित २७३ र पिछडिएको क्षेत्रबाट ८५ जना पदपूर्ति गरिने छ।

नेपाली सेनाका देशैभरि रहेका विभिन्न कार्यालयबाट भर्ना प्रक्रिया सुरू गरिने छ। १८ वर्ष पूरा भई २२ वर्ष ननाघेका नेपाली नागरिकले असोज २४ गतेसम्म आवेदन दिन सक्ने सेनाले जनाएको छ। आठ कक्षा उत्तीर्णले आवेदन दिन पाउनेछन्।

जागिर खान इच्छुकले भर्ना छनाेट निर्देशनालय, कार्यरथि विभाग, जंगी अड्डाकाे हकमा नारायणहिटि स्थित नेपाल क्याभलरी, उत्तर तर्फकाे खेल मैदान र अन्य भर्ना केन्द्रकाे हकमा सम्बन्धित भर्ना केन्द्रहरूबाट नै दरखास्त फारम वितरण गरिनेछ ।

Leave a Reply