नेपाली कांग्रेस मंगलसेन न•पा  वडा नम्बर ९ ओलिगाउको नयाँ कार्यसमिति  सर्वसम्मत चयन

नेपाली कांग्रेस मंगलसेन न•पा  वडा नम्बर ९ ओलिगाउको नयाँ कार्यसमिति  सर्वसम्मत चयन

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंगलसेन नगरपालिका वडा नम्बर ९ कार्यसमितिको अधिवेशन सम्पन्न भएको छ ।

सर्वसम्मत तरिकाले वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएको हो ।

निवर्तमान वडा कार्यसमिति सभापति झुलेन्द्र रावलको सभापतित्वमा भएको भेलाले पुनः रावल लाई सभापतिमा सर्वसम्मत चयन गरिएको निर्वाचन अधिकृत सुर्य रावलले जानकारी दिए ।

उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेस पुर्व महासमिति सदस्य मानबहादुर रावल रहनु भएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितीका उप प्रमुख टोपबहादुर रावल ,काङ्ग्रेस पुर्व काेषाध्यक्ष प्रेमबहादुर रावल ,डाक्टर दिनेश रावल ,जिल्ला आमन्त्रित सदस्य झपट रावल ,शिक्षक संघका निर्मला रावल ,नेपाल प्रेस युनियन अछामका पुर्व अध्यक्ष खडक बिष्ट
मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply