कांग्रेस मंगलसेन नगर कार्यसमितिको सचिवका लागि राजेश भाटद्वारा उम्मेद्धवारी घोषणा

कांग्रेस मंगलसेन नगर कार्यसमितिको सचिवका लागि राजेश भाटद्वारा उम्मेद्धवारी घोषणा

अछाम । नेपाली कांग्रेस क्षेत्र नं. २ अन्तर्गत जिल्लाको सदरमुकाम रहेको मंगलसेन नगर कार्य समितिको सचिव पदका लागी युवा नेता राजेश भाटले उम्मेद्धवारी घोषणा गरेका छन् ।

जिल्लाको सदरमुकाम रहेको नगरमा कांग्रेसको संगठन बलियो बनाउन र संगठन सुदृढ पार्नका लागि सचिव पदमा उम्मेद्धवारी घोषणा गरेको उनले बताए ।

कार्यकर्तालाई क्रियाशिल बनाउन र संगठन निर्माणमा सक्रिय बनाउन सचिव पदमा उम्मेद्धवारी दिने उनले बताए । नगरबासि सबैले आफुलाई साथ दिने अपेक्षा गरेको पनि उनको भनाई छ ।

१४ औँ महाधिबेशन अन्र्तगत कांग्रेसको पालिका अधिबेशन यहि भाद्र २७ गते हुदैँछ ।

नेता भाटले नेपालको राजनीतिक परिवर्तनका लागि नेपाली कांग्रेसको संगठनमा रहि २०६२/६३ को जन आन्दोलनमा महेन्द्र रत्न क्याम्पस ताहाचल कालिमाटी काठमाडौबाट सात राजनीतिक दलको जन आदोलन परिचालन समितिको काठमाडौ बुद्द्नगर क्षेत्रको संयोजक भई काम गरेका थिए।

तत्कालीन राज्यसत्ताको विरुद्ध लड्दै गर्दा नेता प्रकासमान सिङ श्रेष्ठ महेश बस्नेत , प्रेम राई , माधव कुमार नेपाल लगायत केन्द्रिय नेता हरु संगै तिनकुने स्थित प्रहरी हिरासतमा बन्दी बनेको संघर्ष पुर्ण बिगत स्मरण गर्दै उनले यसपटक आफ्नै नगरमा पार्टीलाई बलियो बनाउन उमेद्वारी दिने बताए।

नेपाली कांग्रेसको हरेक क्रियाकलापमा सकृय रहदै आफ्नो जिवनका उर्वर समय संगठनका लागी खर्चेको स्मरण गर्दै उनले नेपाली कांग्रेस मंगलसैनको नगर अधिवेशनमा नगर सचिवको उम्मेदवारी घोषणा गरेका हुन्।

Leave a Reply