कांग्रेसको गाउँ / नगर अधिवेशनको पुर्व तयारी बैठक तथा नवनिर्वाचित वडा सभापतिलाई सम्मान कार्यक्रम ढकारी सम्पन्न

कांग्रेसको गाउँ / नगर अधिवेशनको पुर्व तयारी बैठक तथा नवनिर्वाचित वडा सभापतिलाई सम्मान कार्यक्रम ढकारी  सम्पन्न

निराजन भण्डारी ,अछाम:नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत पालिका स्तरको पुर्व तयारी तथा वडा तहको अधिवेशन बाट निर्वाचित वडा सभापतिलाई सम्मान कार्यक्रम ढकारी गाँपालिकामा सम्पन्न भएको छ । ढकारी गाँपालिका कार्यसमितीका सभापति धन बहादुर बुढाको सभापतित्वमा भएको कार्यक्रममा महासमिति सदस्य बल बहादुर कुवर प्रमुख अतिथि रहनुभएको     थियो । प्रमुख अतिथिको आसन बाट बोल्दै कुवरले जसरी वडा तहको अधिवेशन सफलता पुर्वक सम्पन्न भयो त्यसरी नै पालिका तहको अधिवेशन सफल पार्नु पर्ने कुरामा जोड दिनु भयो ।

साथै उहाँले पालिका तहको अधिवेशन बाट क्षमतावान , विवेकशिल , नेतृत्वदायी भुमिका निभाउन सक्ने व्यक्तिलाई निर्वाचन गर्न पनि आम पार्टीका कार्यकर्तालाई निर्देशन दिनु भएको छ । संगठनलाई मजबुद र दरिलो बनाउन सर्वसम्मत नेतृत्वको पनि आवश्यक रहेको कुरालाई जोड दिनु भयो । १४ औ महाधिवेशन अन्तर्गत  वडा तहबाट निर्वाचित भएका ८ वटै वडाका सभापति तथा सम्पुर्ण पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना समेत दिनु भयो ।

यस्तै कार्यक्रमका बिशिष्ट अतिथि महाधिवेशन  प्रतिनिधि  पदराज अधिकारीले  वडा तहको अधिवेशनबाट र्निवाचित सभापतिलाई कार्यकालको शुभकामना दिदै अब पाटी संगठनलाई बलियो र पालिका भरी कांग्रेसका चार तारे झन्डा फरफराउन अहम भुमिका खेल्न पनि आग्रह गर्नुभयो ।

भाद्र २७ गते हुन लागेको पालिका स्तरको अधिवेशनमा र्निविरोध पदाधिकारी निर्वाचित गराउन आम पाटी कार्यकर्तालाई अपिल समेत गर्नु भयो । आज भएको कार्यक्रममा नेकपा एमाले परित्याग गरी ४ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन । आफुलाई नेपाली कांग्रेसको सिद्धान्त मन परेकाले पाटीमा प्रवेश गरेको नव प्रवेशिहरुको भनाई रहेको छ ।

पालिका तहको अधिवेशनको पुर्व तयारी एवम् सर्वसम्मत रुपमा पदाधिकारी निर्वाचित  गराउने गरी समन्वय समिति समेत गठन गरिएको छ । सुरत बुढथापा संयोजक रहने गरी ९ सदसीय समिति गठन गरिएको छ । साथै जिल्लाको क्षेत्र नम्बर २ प्रदेश सभा (ख) को प्रदेश अधिवेशन ढकारी गाँपालिकामा गर्नको लागि प्रदेश ( ख )  को कार्य समितिमा निर्णय समेत गरिएको छ।

कार्यक्रममा जिल्ला पाटी सचिव नम बहादुर शाही , जिल्ला समन्वय समितिका सदस्य सुरत बुढथापा , ढकारी गाँपालिकाका उपाध्यक्ष लक्ष्मी साउद लगायतको सहभागिता रहेको थियो । आमन्त्रित जिल्ला सदस्य भवानी प्रसाद उपाध्यायको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन तरुण दल क्षेत्र नम्बर २ का क्षेत्रिय सभापति कमल बहादुर भण्डारीले गर्नु भएको थियो ।

Leave a Reply