काङ्ग्रेस ढकारी गाउँकार्यसमितिको सभापतिमा धनबहादुर बुढा सर्वसम्मत चयन

काङ्ग्रेस ढकारी गाउँकार्यसमितिको सभापतिमा धनबहादुर बुढा सर्वसम्मत चयन

नेपाली काग्रेस ढकारी गाउँकार्यसमितिको सभापतिमा धनबहादुर बुढा सर्वसहमती बाट छनोट भएका छन ।

ढकारी गाउँपालिकामा भएको एक भेलाले नेपाली काङ्ग्रेस ढकारी  गाउँ कार्यसमितिको  गाउँ कार्यसमितिको सभापतिमा नेता बुढा लाई  सर्वसहमती बाट छनोट गर्ने निर्णय पारित गरेको हो ।

बुढा लाई सर्वसम्मत बाट छनौट गरि पार्टी भित्र एकताको सन्देश प्रवाह गरेको नेपाली काग्रेस महासमिती सदस्य बलबहादुर कुवरले बताउनु भयो ।

काङ्ग्रेस नेता बुढा ढकारी  गा.बि.स. पुर्व अध्यक्ष ,नेपाली काङ्ग्रेस  जिल्ला कार्य समिती सदस्य एवं ढकारी गाउँपालिका संयोजक हुन् भने हाल ढकारी गाउँपालिका अध्यक्ष समेत रहेकाछन।

पार्टी प्रति सधैं ईमान्दार ,गुट को राजनितीमा नलाग्ने सरल स्वभावका नेता बुढा पार्टी भित्र एक कुशल संगठकका रूपमा परिचित छन् । ।

Leave a Reply