प्रदेश अधिबेशन प्रतिनिधिमा नेबिसंघ नेता देवकोटाको उम्मेदवारी घोषणा
अहिले नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनको सरगर्मी निकै बढेको छ ।
काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत देशका अधिकांश वडा कार्यसमितिका वडा अधिवेशन हरु सम्पन्न भइसकेको छ ।
अछाममा पनि महाधिवेशनको रौनक चलिरहेको बेला रामारोशन गाउँपालिका वडा नम्बर २ चाफामाण्डौ निवासि नेपाल नेपाल विद्यार्थी संघका नेता गोबिन्द देवकोटाले अछाम क्षेत्र नम्बर १ प्रदेश सभा ( ख ) प्रदेश अधिबेशन प्रतिनिधिमा लड्ने घोषणा गरेकाछन ।
देवकोटाले १४ औं महाधिवेशन अन्तर्गत क्षेत्र नम्बर १ काे प्रदेश अधिबेशन प्रतिनिधिमा दाबी गरेका हुन् ।
संगठन लाई जनता, कार्यकर्ता मुखी , बलियो र चलायमान बनाउनका लागी आफू प्रदेश अधिबेशनमा लड्न लागेको देवकोटाले बताए । साथै देवकोटाले अछाम क्षेत्र नम्बर १ प्रदेश सभा ( ख ) का सम्पुर्ण क्षेत्रीय प्रतिनिधि हरुलाइ आफुलाइ मत दिएर बिजयी गराउन अपिल समेत गरेकाछन ।