प्रदेश सभा (ख ) को प्रदेश सचिवमा नेता देवकोटाको उम्मेदवारी घोषणा

प्रदेश सभा (ख ) को  प्रदेश सचिवमा  नेता देवकोटाको उम्मेदवारी घोषणा

अहिले नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनको सरगर्मी निकै बढेको छ ।

काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत देशका अधिकांश  वडा कार्यसमितिका वडा अधिवेशन हरु सम्पन्न भइसकेको छ ।

अछाममा पनि महाधिवेशनको रौनक चलिरहेको बेला रामारोशन गाउँपालिका वडा नम्बर  २ निवास नेपाल तरुण दलका नेता परेकराज देवकोटाले अछाम क्षेत्र नम्बर १ प्रदेश सभा ( ख ) को प्रदेश सभा सचिव लड्ने घोषणा गरेकाछन ।

देवकोटाले  १४ औं महाधिवेशन अन्तर्गत क्षेत्र नम्बर १ काे प्रदेश सचिवमा दाबी गरेका हुन् ।

संगठन लाई जनता, कार्यकर्ता मुखी , बलियो र चलायमान बनाउनका लागी आफू प्रदेश सचिवमा लड्न लागेको देवकोटाले बताए ।  साथै देवकोटाले अछाम क्षेत्र नम्बर १ प्रदेश सभा ( ख ) का सम्पुर्ण क्षेत्रीय प्रतिनिधि हरुलाइ आफुलाइ मत दिएर बिजयी गराउन अपिल समेत गरेकाछन।

Leave a Reply