काङ्ग्रेस चौरपाटी गाउँकार्यसमिति सभापतिमा  नेता साउदको उम्मेदवारी घोषणा

काङ्ग्रेस चौरपाटी गाउँकार्यसमिति सभापतिमा  नेता साउदको उम्मेदवारी घोषणा

अहिले नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनको सरगर्मी निकै बढेको छ ।

काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत देशका अधिकांश  वडा कार्यसमितिका वडा अधिवेशन हरु सम्पन्न भइसकेको छ ।

अछाममा पनि महाधिवेशनको रौनक चलिरहेको बेला चौरपाटी गाउँपालिका   वडा नम्बर  २ सोकट निवास नेपाली काङ्ग्रेसका युवा नेता धर्म साउदले अछामको चौरपाटि गाउँपालिका  गाउँ कार्यसमिति सभापति   लड्ने घोषणा गरेकाछन ।

आफ्नो निर्वाचन क्षेत्रमा पार्टी संगठन बलियो संगठन सुदृढ पार्न नेपाली काङ्ग्रेस लाई चलायमान र युग सुहाउँदो आधुनिक काङ्ग्रेस बनाउने गरि निर्वाचन क्षेत्रमा काम गर्ने उनको भनाइ छ । नेपाली काङ्ग्रेसमा युवाको आवश्यकता र पार्टीमा युवा  नेतृत्व को खाचो रहेको भन्दै आफू सभापति को उम्मेदवार भएको बताए ।

संगठन लाई जनता, कार्यकर्ता मुखी , बलियो र चलायमान बनाउनका लागी आफू सभापतिमा    लड्न लागेको साउदले  बताए ।  साथै साउदले चौरपाटी गाउँपालिका सम्पुर्ण क्षेत्रीय प्रतिनिधि हरुलाइ आफुलाइ मत दिएर बिजयी गराउन अपिल समेत गरेकाछन ।

Leave a Reply