निर्माण व्यवसायी रावतको सहयोग तथा काङ्ग्रेस स्थानीय नेताहरुको समन्वयमा रामारोशनमा सडक मर्मत

निर्माण व्यवसायी रावतको सहयोग तथा काङ्ग्रेस स्थानीय नेताहरुको समन्वयमा रामारोशनमा सडक मर्मत

रामारोशन गाउँपालिका अन्तर्गत पर्ने गजड बजार ,मुजाबगर,खालबजार देखि सैनी चौका सम्मको बाट मर्मत गरिएको छ ।

बर्षाकाे  समयमा  आएको बाढि पहिरोको कारण उक्त सडक बिगत तिन महिना देखि अवरुद्ध भएको थियो ।

सडक बन्द हुँदा त्यस क्षेत्रका स्थानीय हरुलाइ आवतजावत निकै समस्या हुदा पनि स्थानीय सरकारले कुनै पहल नचालेको भन्दै निर्माण ब्यवसायी र नेपाली काङ्ग्रेसका  स्थानीय नेताहरुको सक्रियतामा बाट मर्मत गरिएको हो ।

नेपाली काङ्ग्रेसका नेता मानबहादुर साउद ,जिल्ला कार्यसमिति सदस्य बिनोद कुमार  शाह ,काङ्ग्रेस युवा नेता नवीन शाह ,नेपाल विद्यार्थी संघका नेता हर्क बहादुर शाह ,लगायतको निरन्तरको प्रयासमा र बिष्णु रावतको  आर्थिक सहयोगमा सडक पुर्ण रूपमा सुचारु भएको हो ।

सडक मर्मत भएपछी स्थानीय खुशी भएका छन् । आफु हरुको समस्या लाई ध्यानमा राखी सडक मर्मत निर्माण ब्यवसायी बिष्णु रावत लाई
धन्यवाद ब्यक्त गरेका छन् । ८ दिनको लामो प्रयास पछी उक्त सडक मर्मत गरिएको काङ्ग्रेस नेता नवीन शाहले जानकारी दिए ।

 

 

Leave a Reply