काङ्ग्रेस लाई जनताको माझमा लिइ जनताको पार्टी बनाउन आफ्नो उम्मेदवारी क्षेत्रीय सभापतिमा नेता शर्मा

काङ्ग्रेस लाई जनताको माझमा लिइ जनताको पार्टी बनाउन आफ्नो उम्मेदवारी क्षेत्रीय सभापतिमा नेता शर्मा

अहिले नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनको सरगर्मी निकै बढेको छ ।

काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत देशका अधिकांश  वडा कार्यसमितिका वडा अधिवेशन हरु सम्पन्न भइसकेको छ ।

अछाममा पनि महाधिवेशनको रौनक चलिरहेको बेला नेपाली काङ्ग्रेसका युवा नेता पुष्पराज शर्माले अछाम क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा लड्ने बताएकाछन ।

शनिबार अछामको ठुलासैनमा पत्रकार सम्मेलन गर्दै  नेता शर्माले यो भन्दा पहिलेका अधिवेशनमा पनि आफ्नो उम्मेदवारी रहेकाले अहिले को १४ औ अधिबेशनमा आफ्नो क्षेत्रीय सभापतिमा उम्मेदवारी हुने बताए ।

नेता शर्मा नेपाली काङ्ग्रेस अछामका जिल्ला कार्यसमिति सदस्य एवं तुर्माखाद गाउँपालिका अध्यक्ष समेत हुन् । १२ औं महाधिवेशनमा ३ मतले क्षेत्रीय सभापतिमा उप बिजेता  भएका नेता शर्मा १३ औं महाधिवेशनमा पनि क्षेत्रीय सभापतिमै लडेका थिए तर उनको र उनका  प्रतिस्पर्धिको  मत बराबर भएपछि गोलापर्था बाट उप बिजेता भएका थिए ।

लामो समय विद्यार्थी राजनीति गरेका नेता शर्मा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको स्ववियु सभापति समेत बनेका थिए ।  निकै बौद्धिक र प्रष्ट बक्ताका रूपमा परिचित शर्मा यो पटक जसरी पनि सभापतिमा बिजयी गराउन नेपाली काङ्ग्रेसका सम्पुर्ण क्षेत्रीय प्रतिनिधि हरुलाइ अपिल गरेकाछन । पार्टी भित्र  अहिले भइरहेको गुट–उपगुट का कारण तल्लो तहसम्म  पार्टी निस्क्रिय र अस्तव्यस्त हुने भएकोले पार्टी भित्रको गुटबन्दी लाइ समाप्त पारि पार्टी लाइ मजबुत र चलायमान बनाउन आफ्नो उम्मेदवारी भएको बताए ।

युवाहरूबाट पार्टी सञ्चालन सम्भव छ । यस्ता विश्वमा धेरै उदाहरण  छन्, युवाहरू सफल भएको । हामीले युवाहरूलाई जहिले पनि हामीपछि राजनीति गर्ने पुस्ताको रूपमा नहेरी अहिले नै नेतृत्वमा जिम्मेवारी दिने गरी ल्याउनु अति जरुरी छ । युवा शक्ति भनेको ठूलो शक्ति हो । नयाँ जोस, जाँगर, हौसला, उमंग सब युवामा हुन्छ । त्यसैले नेतृत्व तहमा आउन सबै युवा हरुको माग पनि भएकोले आफू सभापति लड्न तयार भएको नेता शर्माले बताए ।

उनले भने  पार्टीको आन्तरिक संगठन सुधारका लागि युवा जमातसँग सहकार्य गरेर सबैलाई समेट्ने गरी दलित, जनजाति, पीछडिएका वर्ग, आदिवासी, महिला, मधेसी, मुसलमान, अल्पसंख्यक, पीछडा वर्ग, अपांग, लगायतलाई नेपाली कांग्रेस सबैको पार्टी हो भन्ने अभियान आफ्नो  मेरो मुख्य एजेन्डा हो । पार्टीभित्रबाट अवसरको खोजी गर्न उहाँहरु नीति निर्माणको तह आउने गरी आवश्यक परामर्श गरी आवश्यकताअनुसार सुधार गर्दै लैजाने मेरो उदेश्य छ ।

आफुले पाटीलाई प्रस्ट ढंगले अगाडि लैजान सक्ने भिजन भएर नै पार्टी सभापतिको दाबी गरेको बताए । पार्टीलाई अगाडि लैजाने प्रस्ट खाका आफु  सँग भएकोले  सभापतिको  दाबेदारी भएको बताए । काङ्ग्रेस पार्टी लाई प्रत्यक्ष रूपमा जनता संग जोडेर काङ्ग्रेस लाई जनताको पार्टी बनाउने आफ्नो चाहना भएको नेता शर्माले बताए

Leave a Reply