क्रिकेट संघका अध्यक्ष चन्द जनसेवाश्री पदकबाट विभूषित

क्रिकेट संघका अध्यक्ष चन्द जनसेवाश्री पदकबाट विभूषित

 

नेपालको संविधानको धारा २७७ को उपधारा १ बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्का सिफारिसमा चन्दलाई  विभूषण प्रदान गरिएको हो।

बैतडीको दशरथचन्द नगरपालिका ५ बस्कोट घर भएका चन्दले नेपाली क्रिकेटको विकासका लागि लामो समयसम्म योगदान गरेकाले विभूषित गरिएको हो।

अध्यक्ष  चन्द विगत २७ वर्षदेखि निरन्तर रुपमा क्रिकेटको विकासमा लागिरहेका छन्। वि स २०५२ सालमा शहीद दशरथचन्द स्मृती प्रतिष्ठानको स्थापना गरि बैतडीमा आधिकारिक रुपमा उनले क्रिकेट गतिविधि अघि बढाएका  थिए। प्रतिष्ठानका तत्कालित सचिव रहेका चन्दले बैतडीमा अन्डर १५ क्रिकेटको आयोजना गर्दै क्रिकेटलाई लोकप्रिय बनाएका थिए। त्यसपछि २०५५ सालमा बैतडी जिल्ला क्रिकेट संघको विधिवत रुपमा स्थापना गर्दै संस्थापक अध्यक्ष बनेका थिए।

हालसम्म पनि बैतडी जिल्ला क्रिकेट संघले हरेक वर्ष निरन्तर रुपमा जिल्लास्तरिय प्रतियोगिता गर्दै आएको छ।  यसका साथै चन्द क्षेत्रीय क्रिकेट विकास समितिको उपाध्यक्ष हुँदै क्यानको केन्द्रीय सदस्य बनेका थिए।

वि स २०६१ सालमा क्षेत्रीय क्रिकेट विकास समिति क्षेत्र नम्बर ६ बैतडीका अध्यक्षमा निर्वाचित भए।  क्षेत्रीय अध्यक्ष बन्नुभएपछि उनले सुदूरपश्चिम प्रदेशलाई क्रिकेटको क्षेत्रमा अगाडी बढाउदैं राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी उत्पादन भएका छन्। उनकै जगले गर्दा हाल पनि सुदूरपश्चिम प्रदेशलाई  क्रिकेटको उर्वरभूमीका रुपमा चिनिन सफल भएको छ।  यस प्रदेशबाट हालसम्म राष्ट्रिय टोलीमा  १ दर्जन बढी महिला तथा पुरुष खेलाडीले प्रतिनिधित्व गरिसकेका छन्।

वि स २०६३ सालमा क्रिकेट संघका उपाध्यक्ष बन्नुभएका चन्द त्यसपछि २०७२ सालमा अध्यक्षमा निर्वाचित भएका थिए। त्यसबेला सरकारी तथा राजनीतिक हस्तक्षेपका कारण क्यान निलम्बनमा परेको थियो।

वि स २०७६ सालमा नेपाल क्रिकेट संघको निर्वाचनबाट चन्द दुई तिहाइ बहुमतबाट क्यानका अध्यक्ष बनेका थिए।  उनी क्रिकेटको अध्यक्ष भइसकेपछि क्रिकेटका स्थानीयस्तरदखि राष्ट्रयस्तरका प्रतियोगिता सञ्चालनमा रहेका छन्। क्रिकेटको लागि अहोरात्र खटिने अध्यक्ष चन्दले सरकारले विभूषित गरेकोप्रति खुसी व्यक्त गर्नुका साथै धन्यबाद समेत ज्ञापन गरेका छन्।

नेपाली कांग्रेस बैतडीका उप–सभापति चन्द आसन्न अधिवेशनमा जिल्ला सभापतिको लागि दौडमा रहेका छन्।

संविधान दिवसका अवसरमा राष्ट्रपति भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्कार  र पदक प्रदान गर्नु भएको छ। सरकारले हरेक वर्ष संविधान दिवसका अवसरमा राष्ट्रिय हितमा योगदान गरेका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिलाई विभूषणबाट सम्मान गर्दै आएको छ।

Leave a Reply