काङ्ग्रेस अछाम क्षेत्र नम्बर २ क्षेत्रीय सचिवमा युवा नेता भण्डारी उम्मेद्वारी घोषणा
अछाम : नेपाली कांग्रेसको अछाम क्षेत्र नम्बर २ क्षेत्रीय सचिव का लागी युवा नेता कमल बहादुर भण्डारीले उम्मेद्वारी घोषणा गरेका छन्।
ढकारी गाउँपालिका वडा नम्बर८बाट क्षेत्रीय प्रतिनिधि चयन भएका भण्डारीले नेपाली कांग्रेस क्षेत्र नम्बर २ क्षेत्रीय सचिव मा उम्मेदारी घोषणा गरेका हुन्।
नेपाल तरुण दल अछाम क्षेत्र नम्बर २ का सभापति समेत रहेका भण्डारीले भने ,नेपाली कांग्रेसको संगठन बलियो बनाउन संगठन सुदृढ पार्नका लागि पार्टीको हरेक तह हरुमा युवा हरुको उत्साहजनक सहभागीता हुनु आवस्यक छ । तेसैले आफु सचिवमा लड्न लागेको हु ।
भण्डारीले क्षेत्र नम्बर २ का सम्पुर्ण क्षेत्रीय प्रतिनिधि हरुलाइ आफुलाइ बिजयी गराउन अपिल समेत गरेकाछन ।