कांग्रेस अछाम क्षेत्र नं. २ को क्षेत्रिय सभापती पदका लागि युवा नेता धामीको उम्मेद्धवारी घोषणा

कांग्रेस अछाम क्षेत्र नं. २ को क्षेत्रिय सभापती पदका लागि युवा नेता धामीको उम्मेद्धवारी घोषणा

अछाम । नेपाली कांग्रेस अछाम क्षेत्र नं. २ को क्षेत्रिय सभापती पदका लागि युवा नेता टंक धामीले उम्मेद्धवारी घोषणा गरेका छन् । सोमबार जिल्ला पार्टी कार्यालय बिपी स्मृती भवन मंगलसेनमा पत्रकार सम्मेलन गरी धामीले उम्मेद्धारी घोषणा गरेका हुन् ।

नेपाली कांग्रेसलाई बिधि र बिधान सम्बत अगाडी बढाउन आफ्नो उम्मेद्धवारी रहेको भन्दै नेता धामीले पार्टीलाई व्यवस्थित रुपमा संचालन गर्ने प्रण गर्दछु उनले पत्रकार सम्मेलनमा भने । नेपाली कांग्रेस अछाम क्षेत्र नं. २ का क्षेत्रिय सचिव तथा प्रदेश सभा कका सभापती समेत रहेका नेता धामीले अब स्वभावीक रुपमा आफ्नो उम्मेद्धारी क्षेत्रिय सभापतीमा रहेको बताए ।

पार्टीलाई चलायमान र बलियो संगठन बनाउन थ्रि आरको नियम लागु गर्नुपर्ने र आफु सोही नियमको निति लिएर अघि बढेको बताए । नेता धामीले भने थ्रि आर भनेको राईट म्यान सक्षम व्यक्ती, साईट प्लेस उपयुक्त ठाँउ र राईट पोजिसन उपयूक्त पद भए मात्रै पार्टी संगठन बलियो र चलायमान हुन्छ ।

एपक्षिय नभई जनपक्षिय रुपमा का मगर्नका लागि नेताको गोजीबाट नभई कार्यकर्ताबाट अनुमोदित नेता बन्नुपर्ने र आफु सोही लाईनमा खडा भएको दाबी धामीले गरे । उनले आफु देउवा अर्थात संस्थापन पक्षको आदिकारीक उम्मेद्धार भएर चनावी प्रतिष्पर्धा गर्ने दाबी गरे ।

चुनावमा अन्तरपार्टी बिच त तालमेल हुन्छ उनले भने यो त लोकतान्त्रीक पार्टी हो पार्टी भित्र गुटगत राजनिति नभई मन मिल्नेहरुको समुहले प्रतिष्पर्धा गर्न पाउनु लोकतन्त्रको सुन्दर पक्ष हुने उनको भनाई छ ।

पत्रकार सम्मेलनमा नेपाली कांग्रेस अछामका नेता चन्द्र प्रसाद ढुंगाना लगायत नेता कार्यकर्ता र पत्रकारहरुको सहभागीता रहेको थियो ।

Leave a Reply