तरुण दलका जिल्ला अध्यक्ष साँउदद्धारा कांग्रेस अछामको सचिवमा उम्मेद्धारी घोषणा

तरुण दलका जिल्ला अध्यक्ष साँउदद्धारा कांग्रेस अछामको सचिवमा उम्मेद्धारी घोषणा

अछाम : नेपाल तरुण दलका जिल्ला अध्यक्ष प्रकाश साँउदले कांग्रैसको जिल्ला सचिव पदमा उम्मेद्धवारी घोषणा गरेका छन् ।

नेपाली कांग्रेसको १४ आँै महाधिबेशन अन्र्तगत जिल्ला अधिबेशनमा सचिव पदमा उम्मेद्धवारी रहने पत्रकार सम्मेलन मार्फत जानकारी गराए ।

पार्टीलाई व्यक्तीबादी नभई बिधि सम्बत संचालन गर्न आफ्नो उम्मेद्धारी रहेको उनले बताए । यसअघिका पार्टी सचिवले सभापतीले जे भन्यो त्यहि अनुसार अघि बढेको भन्दै उनले आफु पार्टीको बिधान अनुसार अघि बढ्ने बताए ।

बिद्यार्थी हुदैँ तरुण दलको राजनितीबाट आफु अब पार्टीको राजिनितमा प्रबेश गरेको भन्दै नेता साँउदले पार्टीका भातृ संघ संगठनलाई चलायमान बनाउन र कार्यकर्तालाई प्रशिक्षण र क्रियाशिल बनाउन आफुले सचिव पदमा उम्मेद्धारी दिएको बताए ।

जिल्ला सभापतीहरुले आफु खुशी पार्टी चलाउन खोजेको र बिधान मिचेर काम गरेका कारण त्यसको अन्त्इ गर्न पनि आफ्नो उम्मेद्धारी रहेको उनले बताए ।

अन्तर पार्टी चुनावमा अन्तरघात गर्नेहरु प्रमाणित भईसक्दा पनि अनुशासन बिपरित गरेकाहरुलाई कारबाही नगर्ने यसअघिका नेतृत्वहरुले गरेको भन्दै आफु नेतृत्वमा आए त्यसको अन्त्य गरेर छाड्ने बताए

Leave a Reply