काङ्ग्रेस मंगलसेन नगरकार्यसमितिको आयोजनामा कार्यकर्ता भेटघाट कार्यक्रम  जुपुमा सम्पन्न

काङ्ग्रेस मंगलसेन नगरकार्यसमितिको आयोजनामा कार्यकर्ता भेटघाट कार्यक्रम  जुपुमा सम्पन्न

नेपाली काङ्ग्रेस मंगलसेन नगरकार्यसमितिको आयोजनामा कार्यकर्ता भेटघाट कार्यक्रम वडा नम्बर ११ जुपुमा सम्पन्न भएको छ ।

नगरकार्यसमितिका सभापति पुष्पराज भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस अछामका पुर्व पार्टी सभापति पुष्प बहादुर शाह ,महासमिति सदस्य बलबहादुर कुवर,अम्बिका चलाउने ,महाधिवेशन प्रतिनिधि पदमराज अधिकारी ,सुरत बिष्ट ,अन्जु मल्ल जिल्ला पार्टी सचिव नमबहादुर शाहि ,सहसचिव एवं प्रबक्ता वेदप्रकाश तिमिल्सैना,क्षेत्रीय सभापति लक्ष्मण शाह ,अछाम क्षेत्र नम्बर २ क्षेत्रीय सभापतिका उम्मेदवार पुष्पराज शर्मा , कमलबजार नगरपालिका नगर प्रमुख ओमप्रकाश बिष्ट ,उप प्रमुख भुमिशरण बजगाइ,ढकारी गाउँपालिका अध्यक्ष धनबहादुर बुढा लगायत नेताकार्यकर्ताको उपस्तिथि रहेको थियो ।

कार्यक्रममा उपस्तिथ सम्पुर्ण नेताकार्यकर्ता हरुले १४ औं महाधिवेशन लाई एकताको महाधिवेशन बनाउनु पर्ने बताए ।

काङ्ग्रेस पार्टीभित्र देखिएका समस्या समाधान गर्दै अगाडि बढ्नु पर्ने र पार्टी भित्रका हरेक नकारात्मक प्रवृत्तिलाई हटाउँदै संस्कारगत राजनीति बनाउनु पर्ने उपस्तिथि कार्यकर्ता हरुको भनाइ छ । उक्त कार्यक्रमको संचालन नगर सचिव एवं १४ औं  अधिबेशन अन्तर्गत असोज ९ गते हुन् गइरहेको नगर अधिबेशनमा मंगलसेन  नगर सभापतिका उम्मेदवार हिरण्ड बोहराले गर्नुभएको थियो ।

Leave a Reply