काङ्ग्रेस ढकारी गाउँ कार्यसमितिको दोस्रो अधिबेशन सम्पन्न ,सभापतिमा धनबहादुर बुढा चयन

काङ्ग्रेस ढकारी गाउँ कार्यसमितिको दोस्रो अधिबेशन सम्पन्न ,सभापतिमा धनबहादुर बुढा चयन

नेपाली काङ्ग्रेस ढकारी  गाउँपालिका गाउँ  कार्यसमितिको दोस्रो अधिबेशन सम्पन्न भएको छ ।

गाउँकार्यसमिति सभापति   धनबहादुर बुढाको  सभापतित्वमा भएको अधिबेशनका प्रमुख अतिथि नेपाली काङ्ग्रेस अछामका महासमिति सदस्य बलबहादुर कुवर रहनु भएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि जिल्ला समन्वय समिति अछामका सदस्य सुरत बुड थापा ,गाउँपालिका उपाध्यक्ष लक्ष्मी साउद रहनु भएको थियो । कार्यक्रममा
जिल्ला नेपाल तरुण दलका अध्यक्ष प्रकाश साउद ,नेपाल प्रेस युनियन अछामका अध्यक्ष टंक प्रसाद रिमाल  लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
साथै
नेपाली काँग्रेस ढकारी गाउँ कार्यसमितिको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । आज सम्पन्न गाउँ  अधिवेशनबाट धनबहादुर बुढाको  सभापतित्वमा सर्वसम्मत रुपमा गाउँ  कार्यसमिति चयन गरेको हो । कार्यसमितिको
उपसभापतीमा खडक बहादुर साउद, पदम बहादुर बुढा, सचिव टँक बहादुर साउद, कपिल कुमार बुढा, सहसचिव दिपकाज थापा, डम्मर बहादुर थापा लगाएत सबै सदस्य सर्वसम्मत
चयन भएका हुन ।

Leave a Reply