नेपाली काङ्ग्रेस रामारोशन गाउँकार्यसमितिको पार्टी कार्यालय उद्घाटन

नेपाली काङ्ग्रेस रामारोशन गाउँकार्यसमितिको पार्टी कार्यालय उद्घाटन

नेपाली काङ्ग्रेस रामारोशन गाउपालिका को पार्टी कार्यलय उद्घाटन गरिएको  छ । रामारोशन गाउपालिका को सेवा केन्द्र रहेको मुजाबगर बजारमा एक कार्यक्रमका बिच पार्टी कार्यलय उद्घाटन भएको हो ।  नेपाली काङ्ग्रेस रामारोशन गाउपालिका को नवनिर्वाचित सभापति मान बहादुर साउद को सभापतित्वमा भएको कार्यक्रम का प्रमुख अतिथि नेपाली काङ्ग्रेस को महासमिति सदस्य अनुराधा स्वार रावल रहनु भएको थियो । भने  बिशिस्ट अतिथि पुर्ब महासमिति सदस्य धर्मराज न्यौपाने रहनु भएको थियो ।                                                   कार्यक्रममा प्रमुख अतिथि महासमिति सदस्य अनुराधा स्वारले नवनिर्वाचित रामारोशन गाउपालिकाका पदाधिकारी लाई बधाई तथा शुभकामना दिनु भएकोव्यक्त गर्नुभयो ।  कार्यक्रममा बोल्दै स्वारले गौरवशाली इतिहास बोकेको  काङ्ग्रेस  पार्टी रामारोशन मा मात्रै नभएर देश भर पहिलो पार्टी बन्ने बताउनुभयो ।  जनताको भरोसा को पार्टी काङ्ग्रेस नै भएको र पार्टी सङगठन लाई बलियो बनाउन सबै एकजुट भएर लाग्नु पर्ने बताउनु भयो ।  कार्यक्रम नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सदस्य एवं रामारोशन गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष केश बहादुर  बटाला ,मीन ब शाह , काङ्ग्रेस नेता पुर्ण बहादुर बि क, काली बहादुर  बुढा, खडक भण्डारी, पुष्प बिष्ट, चन्द्र प्रसाद देवकोटा , नवीन शाह लगायतले मन्तव्य राखेका थिए । गाउपालिका कार्यसमिति का उपसभापति मान बहादुर बटाला को स्वागत मन्तब्य राख्नु भएको कार्यक्रम को संचालन सचीव परेकराज देवकोटाले गर्नु भएको थियो ।

Leave a Reply