नेपाल प्रहरीको ६६ औं दिवस अछाममा पनि मनाइयो

नेपाल प्रहरीको ६६ औं दिवस अछाममा पनि मनाइयो

नेपाल प्रहरीको ६६ औं दिवस अछाममा पनि मनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर  मल्लको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति अछामका प्रमुख नरबहादुर कुवर रहनु भएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि मंगलसेन नगरपालिका नगर प्रमुख पदम बहादुर बोहरा रहनु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय अछाम द्वारा  आयोजित विशेष कार्यक्रममा अमर प्रहरी परिवारका सदस्यहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यसैगरी, प्रहरीलाई जग्गा दान गर्ने जग्गादाता, हरुलाइ कदरपत्रका साथ सम्मान गरिएको थियो ।
कार्यक्रममा भवानी बक्स गण अछामका गणपति रितबहादुर राना भाट,सशस्त्र प्रहरी बल खप्तड गुल्मका सशस्त्र प्रहरी नायव उपरीक्षक जगदिश जोशी लगायतको उपस्तिथि रहेकोे थियो ।

जिल्ला  प्रहरी कार्यालय अछामका  प्रमुख एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) तुल्सिराम अर्यालको स्वागत  मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन प्रहरी निरीक्षक गंगादत्त बडुले गर्नुभएको थियो ।

Leave a Reply