लोकप्रिय मत सहित प्रदेश अधिवेशन प्रतिनिधिमा सबैभन्दा कान्छा उम्मेदवार भण्डारी बिजयी
अछाम । नेपाली कांग्रेस अछाम क्षेत्र नं. २ को प्रदेश सभाबाट प्रदेश अधिबेशन प्रतिनिधीमा सुशिल भण्डारी बिजयी भएका छन् । शनिबार सम्पन्न निर्वाचनबाट खुल्ला क्षेत्रिय प्रतिनिधीमा सबैभन्दा कान्छा २३ बर्षिया भण्डारी २ सय २२ मत ल्याएर बिजयी भए ।
२ समुह बनेर चुनावी प्रतिष्पर्धा भएका बेला उनि कुनै टिममा नलागी खुल्ला रुपमा प्रतिष्पर्धा गरेका थिए । उनले आफ्ना निकटम प्रतिद्धन्दी सुरेन्द्र बिष्टलाई ३६ मतले पराजित गरे । जम्मा खसेको ४ सय ४९ मा लोकप्रिय मतका साथ भण्डारी बिजयी भएका हुन् ।
गुटउपगुटमा नलाग्ने भन्दै उनले टिम बाहिरबाट प्रदेश प्रतिनिधीमा उम्मेद्धारी दिएका थिए । भण्डारी संग पराजित कांग्रेस नेता बिष्ट शेर बहादुर देउवा नेपाल बिद्यार्थी संघको अध्यक्ष हुदाँका केन्द्रिय सदस्य तथा कांग्रेस अछामका पुराना नेता हुन् ।
प्रेस युनियन अछामका जिल्ला सचिव भण्डारी कांग्रेसमा उदाउदा युवा हुन् । उनले बिगत २ महिना देखि प्रदेश प्रतिनिधीमा आफ्नो उम्मेद्धारी रहने भन्दै प्रचार प्रसार गर्दै आएका थिए ।
पत्रकारीतामा सक्रिय रहेका भण्डारीले अब कांग्रेसको राजनितिमा सक्रिय हुने योजना बनाएका छन् ।