काङ्ग्रेस अछाम क्षेत्र नम्बर १ का पुर्व क्षेत्रीय सभापति खड्काले दिए सभापति देउवा लाई खुल्ला पत्र
नेपाली काङ्ग्रेसअछाम क्षेत्र नम्बर १ का पुर्व क्षेत्रीय सभापति लक्ष्मण बहादुर खड्काले नेपाली काङ्ग्रेसका सभापति एवं सम्माननिय प्रधानमन्त्री शेर बहादुर देउवा लाई खुल्ला पत्र पठाएका छन् । हाल अमेरिकामा बसोबास गर्दै आइरहेका काङ्ग्रेस युवा नेता एवं पुर्व क्षेत्रीय पार्टी सभापति खड्काले पठाएको खुल्ला पत्र यस प्रकार छ । कांग्रेस केन्द्रीय सभापति लाई खुला पत्र
आदरणीय सभापति ज्यू
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति
सानेपा, काठमाण्डौ
विषय: ध्यानाकर्षण सम्बन्ध मा ।
नेपाल मा लोकतंत्र स्थापना गर्न ८ दशक देखी अनवरत रुपमा नेपाली जनको आस्था को धरोहर को रुपमा स्थापित लोकतांत्रिक पार्टी को छवि बनाउन सफल एक मात्र पार्टी नेपाली कांग्रेस को आसन्न १४औ माहाधिवेशन को पुर्ण सफलता को कामना गर्दछु!
देश को लोकतंत्र लाई सुदृढ़ पार्दै आन्तरिक पार्टी भित्र पनि लोकतंत्र को सफल अभ्यास गर्न भनी हिजो को दिन मा तपाईं ले आह्वान गरेको विद्रोह लाई समर्थन गर्दै तपाईं संगै हो मा हो भन्दै साथ र समर्थन गर्ने म जस्ता हजारौ कार्यकर्ता को समर्थन ले १३ अधिवेशन ले तपाईं लाई सभापति बनायो । फल स्वरुप आज देश को नेतृत्व तपाईं मार्फ़त नेपाली कांग्रेस ले गरिरहोको छ।
१२औ महाधिवेशन पश्चात आदरणीय स्वर्गीय सभापति सुशील कोइराला को पालामा अधिवेशन द्वारा गठित भातृ संगठन विगठन गरिदा आन्तरिक लोकतंत्र को हत्या भयो भनी तपाईं ले गरेको खबरदारी लाई साथ दिदै नेपाल तरुण दल को अगुवाई मा भएको देश ब्यापी आमरण अनसन मा मेरो नेतृत्व मा अछाम जिल्ला पनि ९ दिन सम्म आमरण अनशन बसी देश भरि बाट ठुलो दवाब दिन सफल भएको कुरा म स्मरण गराउन चाहन्छु!
बिधान अक्षर ले कोरिएको अमूर्त दस्तावेज हो त्यसलाई अक्षरस पालना गरे मात्र त्यसले मुर्तरुप पाउछ । दुख का साथ भन्न पर्छ आज तपाईं लाई खुसी पार्न तपाईं लाई भ्रमित गरि केही स्वार्थी दलाल को घेरामा तपाईं पर्नु देश, पार्टी र लोकतन्त्र लाई नै धोका भै रहेको कुरा म राख्न चान्छु ।
म जति बेला तपाईं को समर्थन मा अछाम मा आमरण अनसन मा थिए त्यतिवेला हाम्रो महान चाड दशै आईरहेको थियो । म लगाएत म संगै अनसन बसेका साथीहरु को स्वास्थ्य गम्भिर भै अस्पताल भर्ना भएको बखत मेरो सानो छोरा फोन गर्दै बाबा कहिले घर आईसीन्छ दशै आयो भन्दा साह्रै दुख र पिडा हुन्थ्यो । तर हामी परिवर्तन कारी शक्ति हौ परिवर्तन गरि छाड्छौ भन्ने संकल्प ले हामीलाई उर्जा दिन्थ्यो ।त्यही उर्जा र तमाम युवा को त्याग ले तपाईं लाई पार्टी को नेतृत्व मा पुर्याएको इतिहास साछी छ । त्यतिवेला तपाईं को आन्दोलन को बिरुद्ध उभिएका ब्यक्ति आज तपाईं का बिश्वास पात्र भै तिनै ब्यक्ति द्वारा बिधान मिचि लोक हसाई गरि हिनी रहादा हाम्रो आवाज़ दवाउने जुन प्रयास गरिदै छ यो पार्टी र तपाईं दुबैलाई नोक्सान गर्ने कुरामा २ मत छैन ।
जनसम्पर्क समिति अमेरिका को २४ सय कृयाशिल सदस्य संख्या रहेको मा १०/१२ जनाको जुम भेला बाट प्रतिनिधि छान्ने कार्य लाई तपाईं के भन्नु हुन्छ?
# के नेपाली कांग्रेस मा लागेका तमामौ स्वाभिमान कार्यकर्ता को स्वाभिमान उचा हुन्छ! # के यही विहारी पारा को राजनीति ले प्रसय पाउछ?
# के नेतृत्व प्राप्त गर्न यही बाटो अबलम्वन गर्ने? # के चाकरी बाद मौलाएको हो? # के काँग्रेस मा स्वाभिमान र वी.पी. को चिन्तन मा स्खलन आएको हो?
# के अब हाम्रो र राम्रो कांग्रेस को नारा नारैमा सिमित भयो? # के आर्थिक अपचलन गर्ने दलाली प्रवृत्ति मौलाएको हो? # के तपाईं जुत्ता पोलीस गरेको भरमा आमन्त्रित केन्द्रीय सदस्य प्राप्त हुन्छ?
यस्तै तमामौ अनुत्तरित प्रश्न को उत्तर को अपेक्षा मा यो पत्र लेख्दै छु! आशा छ यसको उत्तर तमामौ सच्चा स्वाभिमानी महाधिवेशन प्रतिनिधिले खोज्ने छन् । धन्यवाद जय नेपाल
लक्ष्मण खड्का
पुर्व सभापति
नेपाली कांग्रेस
अछाम क्षेत्र नं.१
हाल संयुक्त राज्य अमेरिका