जित्लान् त गगन र विश्वप्रकाश ?

जित्लान् त गगन र विश्वप्रकाश ?

नेपाली कांग्रेसकाे १४ औं महाधिवेशनमा नयाँ नेतृत्वका लागि मतदान हुँदैछ । कांग्रेसको सभापतिका लागि वर्तमान सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. शेखर कोइराला र केन्द्रीय सदस्य कल्याण गुरुङ प्रतिस्पर्धामा उत्रिएका छन् । नेतृत्व चयनका क्रममा सभापती भन्दा बढी महामन्त्रीमा कसले बाजी मार्छ भन्ने चासाे सबैलाई रहेको छ ।

महामन्त्रीको दौडमा कांग्रेसका युवा नेताहरू विश्वप्रकाश शर्मा, गगन थापा, प्रदीप पौडेल, ड़ा मिनेन्द्र रिजाल, डा प्रकाश सरण र राजाराम कार्की रहेका छन् । महामन्त्रीको दौडमा रहेका ६ जनामध्ये गगन थापा र विश्वप्रकाश शर्मालाई देश विदेशबाट धेरैले सुभेच्छा ब्यक्त गरिरहेका छन् । थापा कोइरालासमूहबाट मुख्यमन्त्रीको दौडमा होमिएका हुन् भने देउवा समुहमा सिटौलाको इन्ट्रीसँगै प्रदीप पौडेलको नाम अघि आएपछि शर्मा प्रकाशमान सिंहको समूहबाट प्रतिस्पर्धामा होमिएका हुन् ।

गुटगत रुपमा प्रदिप पौडेल र प्रकाश शरणको सम्भावनाको आकलन गरिए पनि युवा पुस्ताका तुइ चर्चित अनुहार  थापा र शर्माले बाजी मार्ने अड्कलबाजी पनि कतिपयको छ । समुहगत रुपमा शर्मा कमजोर देखे पनि पछिल्लो पुस्तामा धेरैले रुचाएका पात्र भएकाले पनि शर्मालाई गुटभन्दा माथि उठेर मतदाताले मतदान गर्नसक्ने बताइन्छ । त्यस्तै अघिल्लो महाधिवेशन सिटौला टिमबाट महामन्त्रीको उम्मेदवार बनेर सम्मानजनक मत पाएका थापाले भने यसपटक कोइराला समुहबाट आफ्नो बलियो उम्मेदारी दिएका छन् ।

अघिल्लो पटकको अनुभवले पनि थापालाई महामन्त्रीको मुख्य दावेदारका रुपमा हरिएको छ । शर्माको भन्दा थापाको समूह बलियो भएकाले पनि देउवा समुहका प्रतिस्पर्धी पौडेल र महतलाई थापाले चुनौती दिने अड्कल धेरैको छ । कांग्रेसमा आफ्नो बलियो प्रभाव छोड्नसफल थापालाई धेरै युवापुस्ताको समर्थन रहेको छ । सभापतिमा गुटगत भोट नै हाबी भएपनि महामन्त्रीमा भने थापा र शर्मालाई गुटबाहिर मतदान हुनसक्ने देखिन्छ । त्यस्तो अवस्थामा मात्रै महामन्त्रीमा थापा र शर्मालाई देख्न सकिएला ।

Leave a Reply