नेविसंघ,CTEVT जिल्ला समन्वय समिति अछामले तोक्यो अछामका पालिकाहरुमा संयोजक

नेपाल बिद्यार्थी सघ,CTEVT जिल्ला समन्वय समिती अछामले सगठन बिस्तार गर्ने क्रममा आज अछामका केही गाउँपालिका र नगरपालिकामा संयोजकको जिम्मेवारी दिएको छ।
जस अन्तर्गत मेल्लेख गाउँपालिकामा हेमराज रोकाया,कमलबजार नगरपालिकामा दमन बडुवाल ,पन्चदेवल बिनायक नगरपालिकामा बिशेश्वरप्रसाद अधिकारी,तुर्माखाद गाउँपालिकामा कृष्ण ब.भुल लाई संयोजक जिम्मेवारी तोकेको हो ।
नेपाल बिद्यार्थी सघको बिधान २०२७ को छैटौं संशोधन २०७३ र निमावली परिमार्जित २०७३ अनुसार नेपाल बिद्यार्थी सघ,CTEVT जिल्ला समन्वय समिति अछाम र वर्तमान देशको बिदयमान परिस्थितिलाई मध्यनजर गर्दै बिद्यार्थी हक,हित र अधिकारको पक्षमा रहेर भुमिका निर्वाह गर्न अछामका केही स्थानीय तहमा सयोजक को जिम्मेवारी दिएको नेविसंघ,CTEVT जिल्ला समन्वय समिती अछामका अध्यक्ष रोसन रावलले बताए । साथै रावलले बाकी रहेका अन्य स्थानीय तहमा पनि छिट्टै सगठन बिस्तार गर्ने जानकारी दिए ।
नेपाल बिद्यार्थी सघको विधि,विधान र मर्यादामा रहेर सघलाई गतिशिल बनाउन सबैलाई आवहानका साथ जिम्मेवारी पाउने सम्पुर्णलाइ अध्यक्ष रावलले बधाइ सहित कार्यकाल सफलताको शुभकामना दिएका छन।