सामाजिक न्याय दिवशको अवशरमा ढकारी गाउँपालिले गर्यो : हिंसा न्युनिकरण गर्न सचेतना कार्यक्रम

सामाजिक न्याय दिवशको अवशरमा ढकारी गाउँपालिले गर्यो : हिंसा न्युनिकरण गर्न सचेतना कार्यक्रम

सामाजिक न्याय दिवशको अवशरमा ढकारी गाउँपालिका न्यायिक समितिको आयोजनामा हिंसा न्युनिकरण गर्न सचेतना कार्यक्रम सम्पन्न भएको छ । न्यायिक समिति संयोजक लक्ष्मी साउदको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि ढकारी गाउँपालिका अध्यक्ष धन बहादुर बुढा रहनुभएको थियो प्रमुख अतिथिको आसन बाट बोल्दै अध्यक्ष बुढाले कुनै पनि महिलाले हिंसा भोग्नु परेको अवस्थामा सामाजिक लोकलाज, पीडकको डर धम्की, असुरक्षा, आर्थिक अभावका कारण हिंसा सहेर वस्नु पर्ने अवस्थालाई वर्तमान कानूनी संरचनाले केही हद सम्म स्थानीय तहमा न्यायिक समिति र मेलमिलाप केन्द्र स्थापना गरेर अन्त्य गर्ने सरहनीय कार्य गरेको बताए । साथै बुढाले समाजमा हुने बिभिन्न किसिमका हिंसाहरुलाई न्युनिकरण गर्न बिभिन्न सचेतनामुलक कार्यक्रम आयोजन गर्न आवश्यक रहेको बताए ।
गाउँपालिका भित्रका सम्पुर्ण महीला स्वयंमसेविका,नागरीक समाज लगायत सरोकारवालाहरुको उपस्थितमा भएको कार्यक्रमा वडा नम्बर १ का वडा अध्यक्ष भवानी प्रसाद उपाध्याय, गाउँपालिका निमीत्त प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र भाट लगायतको उपस्थित रहेको थियो । उक्त कार्यक्रमको संचालन न्यायिक समिती ढकारीका उजुरी प्रशासक कृष्ण देवकोटाले गर्नुभएको थियो ।

Leave a Reply