“घर घर जाउँ, काँग्रेस जिताऔं”अभियानमा सहभागी हुन नेताकार्यकर्ता लाई काङ्ग्रेस अछामको अनुरोध

“घर घर जाउँ, काँग्रेस जिताऔं”अभियानमा सहभागी हुन नेताकार्यकर्ता लाई काङ्ग्रेस अछामको अनुरोध

नेपाली कांग्रेस जिल्ला कार्य समिति अछाम को दोस्रो बैठक पार्टी कार्यालय मंगलसेनमा सम्पन्न भएको छ ।

जिल्ला भरी “घर घर जाउँ, काँग्रेस जिताऔं” अभियान सञ्चालन गर्ने निर्णय गर्दै बैठक सम्पन्न भएको हो ।

२९ गते आइतबार सदरमुकाम मंगलसेन बाट कार्यक्रमको सुभारम्भ गरी जिल्ला ब्यापि अभियान सञ्चालन गरिने भएको हो ।                     अभियानमा  “हरेक कांग्रेस को हातमा काम काधमा जिम्मेवारी“ भन्ने मुल नाराका साथ पार्टी सम्बद्ध सबै सुबेच्छुक तथा भातृ संस्थालाई समेत सक्रिय रूपमा परिचालन गरिने भएको छ ।                                  पार्टीले संचालन गरेको अभियानमा सम्बन्धित सबै क्षेत्र र तहका कार्यसमिति पदाधिकारी एवं नेताकार्यकर्ता हरुलाइ परिचालन हुन नेपाली कांग्रेस जिल्ला कार्य समिति अछामले सबै नेता कार्यकर्ता सबैलाई अनुरोध गरेको छ ।

जिल्ला सभापती पुष्प बहादुर शाह को सभापतित्वमा भएको बैठकमा केन्द्रीय सदस्य सिता राना प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अतिथि रानाले बैठकमा केन्द्रीय समितिले जारी गरेको कार्यक्रम र निर्देशनका बारेमा जानकारी गराउनुभएको थियो ।

बैठकमा जिल्ला कार्य समितिका पदाधिकारी, सदस्य ,महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । बैठकले २९ गते मंगलसेन, ५ गते तुर्माखाद ,६ गते ढकारी ,७ गते, कमलबजार ८ गते, बिनायक ९ गते ,रामारोशन १० गते, बान्निगढी ११ गते ,मेल्लेख,१२ गते चौरपाटी र १३ गते साफेबगरमा कार्यक्रम गरिने निर्णय गरेको नेपाली काङ्ग्रेस अछामका जिल्ला कार्यसमिति सदस्य जनकराज भण्डारीले जानकारी दिए । उक्त बैठक को संचालन सचिव टक्कर बहादुर शाहले गर्नुभएको थियो ।

 

Leave a Reply