काङ्ग्रेस मंगलसेन न•पा १२ काे बान्नातोली र पालाकाटिया टोल कार्यसमिति गठन

नेपाली काङग्रेस मंगलसेन नगरपालिका वडा नम्बर १२ को बान्नातोलिमा टोल कार्यसमिति गठन गरिएको छ ।
वडा सभापति शेरबहादुर रावलको सभापतित्वमा भएको एक भेलाले पार्टीको बिधान बमोजिम
बान्नातोली टोल कार्यसमितिमा सुस्मिता वनको सभापतित्वमा ३१ सदस्यीय टोल कार्यसमिति गठन गरिएको छ भने पालाकाटिया टोलमा इन्द्र बहादुर रावलको सभापतित्वमा ४३ सदस्यीय टोल कार्यसमिति गठन गरिएको हो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सदस्य तथा वडा नम्बर १२ का वडा अध्यक्ष प्रेमबहादुर रावल रहनुभएको थियो । प्रमुख अतिथि रावलले
जिल्लाभर कांग्रेस जनतासंग प्रत्यक्ष जोडिएर नेपाली कांग्रेस टोलटोलबाट वलियो भएर स्थानीय तह ,प्रदेश र केन्द्र कब्जा गर्न सक्षम हुने बताए ।
त्यस्तै विशिष्ट अतिथिको आसन बाट बोल्दै क्षेत्र नम्बर २क्षेत्रीय कार्यसमिति काेषाध्यक्ष महेश कुमार शाहले काँग्रेस टोल टोलमा पुग्दा जनतामा खुशी छाएको उहाँले बताउनुभयो । उहाँले पार्टीको भविष्य सम्पूर्ण कार्यकर्ताको काँधमा रहेकाले जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नगर कार्यसमिती सदस्य कृष्ण रावल ,पुर्व नगर कार्यसमिति सदस्य
ललित बहादुर शाह,पुर्व वडा कार्यसमिति सभापति दानबहादुर शाही,भोजराज भाट,
लगायतको उपस्तिथि रहेकोे थियो ।
उक्त कार्यक्रमको संचालन सिद्धराज भाटले गर्नुभएको थियो ।