पूर्व अध्यक्ष ढुंगानाकी आमाको निधनमा प्रेस युनियन अछामद्धारा शोक व्यक्त

पूर्व अध्यक्ष ढुंगानाकी आमाको निधनमा प्रेस युनियन अछामद्धारा शोक व्यक्त

अछाम । नेपाल प्रेस युनियन अछाम शाखाले शाखाका पूर्व अध्यक्ष यज्ञराज ढुंगानाकी आमाको निधनमा शोक व्यक्त गरेको छ ।

शाखाका सचिव सुशिल भण्डारीले एक शोक विज्ञप्ती जारी गर्दै यूनियनका पूर्व जिल्ला अध्यक्ष ढुंगानाकी आमाको निधनमा दुख व्यक्त गर्दै सोकशन्तप्त परिवारमा समबेदना व्यक्त गरेका छन् । जिल्लाको मंगलसैन नगरपालिका वडा नं. ५ निवासी बसुन्धरा जैशी ढुंगानाको ५७ बर्षको उमेरमा उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा हिजो राति निधन भएको थियो ।

Leave a Reply