जनताले अझै गणतन्त्रको अनुभुती गर्न नपाएको सरोकारवालाको भनाइ

जनताले अझै गणतन्त्रको अनुभुती गर्न नपाएको सरोकारवालाको भनाइ

मानव अधिकार तथा शान्ति समाज अछामको आयोजनामा गणतन्त्र दिवसको अवसर पारी “लोकतान्त्रिक गणतन्त्र ,नागरिक अपेक्षा र राजनीति दलहरूको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

समाजका सभापति  पदम बहादुर शाहको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै सहभागीहरुले
निरङ्कुश राजतन्त्रलाई अन्त्य गरि जनताले  ल्याएको गणतन्त्र अझै सम्म नागरिकले अनुभुती गर्ने गरि राजनैतिक दलहरूले काम नगरको  बताएका छन ।

लामो समयको प्रयास पछि नेपाल आएको संघिय लोकतान्त्रिक गणतन्त्रमा धेरै सहिदहरूको मृत्यु भयो भने कोही अपांग भए । उक्त सहिदहरूले प्रयास गरि ल्याएको गणतन्त्रमा व्यवस्थामा राजनैतिक शक्तिहरूले जन अपेक्षा अनुरूप काम नगरेको,विकासका नाम भ्रष्टाचार बढेको,नागरिकका आधारभुत आवश्यकता समेत पूरा हुन नसकेको र जनअपेक्षाको कदर हुन नसकेको सहभागीहरूले बताएका छन ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिती अछामका प्रमुख नरबहादुर कुवर रहनुभएको थियो । कार्यक्रममा बिशिस्ट अतिथि नेपाली काङ्ग्रेसका महासमिति सदस्य पदमराज अधिकारी ,जनपत्रका संगठनका केन्द्रिय संयोजक शेरबहादुर बिक रहनुभएको थियो । कार्यक्रममा समाजका केन्द्रिय सदस्य सरस्वती नेपाली , अछाम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख छत्र बहादुर बिष्ट ,नेपाली काङ्ग्रेसका गोबिन्द सोप ,नेपाल कम्युनिस्ट पार्टीका तिलक बिष्ट ,नेपाल नागरिक समाजका सचिव मान बहादुर बुढा लगायतको उपस्तिथि रहेकोे थियो । कार्यक्रमको संचालन समाजका उपसभापति सुशील भण्डारीले गर्नुभएको थियो ।

Leave a Reply