तुर्माखाँद गाउँपालिकामा अस्थायी करार कर्मचारी हकहित मञ्च द्वारा अनिश्चित कालिन तालाबन्दी

तुर्माखाँद गाउँपालिकामा अस्थायी करार कर्मचारी हकहित मञ्च द्वारा अनिश्चित कालिन तालाबन्दी

तुर्माखाँद गाउँपालिकामा अस्थायी करार कर्मचारी हकहित मञ्च बाट अनिश्चित कालिन समयका लागि ताला बन्दि  गरिएको छ । तुर्माखाँद गाउँपालिकामा कार्यरत अस्थायी करार कर्मचारी द्वारा आइतबार  तुर्माखाँद गाउँकार्यपालिकाको कार्यालयमा अनिश्चित कालका लागि ताला बन्दि गरेका हुन् । असार ३२ गते राति १०:३० बजे तिर एक्कासि करार म्याद थप नहुने निर्णय आएपछि विगत ५ बर्ष यता दिन रात अहोरात्र खटेर काम गर्दै आइरहेका  कर्मचारी द्वारा ताला बन्दी गरिएको बताइएको छ । असार २४ गते कार्यालय बाट कार्यसम्पादन मुल्यांकन पेस गर्न लगाईयो, कार्यसम्पादन मुल्यांकनको वास्था नगरी असार राति एक्कासि म्याद थप नहुने निर्णय आउदा सम्पूर्ण अस्थायी करार कर्मचारी अचम्म मा परे , उक्त निर्णयले यति मात्र हैन स्वास्थ्य संस्थाहरुमा नराम्रो असर पर्न गएको छ। वडाहरुमा कार्यरत रहेका स्वास्थ्य संस्थामा अस्थायी करार कर्मचारी भने ३ दर्जन बढी छन् । यहीँ श्रावण १ गते देखि ३ गते सम्म वडा कार्यालय अन्तर्गत रहेका स्वास्थ्य चौकीमा Covid -19 को सम्पूर्ण खोपहरु लगाईने कुरा थियो, उक्त कुरा पनि ठप्प भएको छ।
यो समस्याले जनमानसमा पर्ने असरको जवाफदेही को हुने भन्ने बहस उठेको छ । कर्मचारी लाइ नै कार्यालयमा हाजिरी हुन् नदिए पछी स्वास्थ्यका कर्मचारीहरु  स्वास्थ्य चौकी हरुमा सेवा दिन गएका छैनन् ।  स्वास्थ्य संस्था जस्तो संवेदनशिल क्षेत्र नै बन्द भएपछी  आम नागरिकको स्वास्थ्य  माथी गम्भीर खेलबाड भएको स्थानीयहरु बताउछन् । गाउँपालिका सरकारले आम नागरिकको हित बिपरित गरेको निर्णयका कारण  वडा स्तरमा रहेका वर्थिङ् सेन्टरमा अनमी नै नरहने र वर्थिङ सेन्टर नै बन्द रहने समस्या देखिएको छ भने कार्यालय बाट दैनिक रूपमा प्रवाह हुने सेवामा पनि समस्या भएको छ स्थानीय तह अस्थायी तथा करार कर्मचारी हकहित मंच तुर्माखादका सचीव जनक रावतले बताए ।

Leave a Reply