अछाममा तरुण दलको जिल्ला कमिटी बिस्तार

अछाम । नेपाली कांग्रेसको भातृ संगठन तरुण दल अछामको जिल्ला कमिटी बिस्तार गरिएको छ । युवाहरुले नेतृत्व गर्ने संगठनका रुपमा रहको तरुण दलको २३ सदस्यि जिल्ला कमिटी बिस्तार भएको छ । जिल्ला कमिटी अध्यक्ष रमेश बिष्टले शुक्रबार एक कार्यक्रमका बिच जिल्ला किमिटी बिस्तार गरेका हुन् ।
कार्यक्रममा नेपाली कांग्रेस अछामका उपसभापती नयाँराम बजगाई प्रमुख अथिति रहेका थिए । प्रमुख अथिति बजगाँईले पार्टीलाई बलियो बनाउन तरुणको भुमिका महत्वपूर्ण हुने भन्दै त्यहि अनुसार सक्रिय भएर काम गर्न आग्रह गरे । कार्यक्रममा जिल्ला सचिव टक्कर शाह बिशिष्ट अथिति रहेका थिए ।कमिटि बिस्तार कार्यक्रममा जिल्ला सदस्य खडक भण्डारी, प्रदेश ख का प्रतिनिधी दल बहादुर साँउद, बान्निगढी जयगढ गाँउपालिका सह सचिव झनक खत्री लगायतको सहभागिता रहेको कार्यक्रमको संचालन नेत्र थापाले गरेका थिए । तरुण दलको जिल्ला कार्यसमितिमा पुर्ण बहादुर बुढा लगायत २२ सदस्यीय रहेका छन् ।